• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

सप्तरीमा झुन्डिएको अबस्थामा एकैदिन २ जनाको शव फेला

सप्तरीमा झुन्डिएको अबस्थामा एकैदिन २ जनाको शव फेला

न्यूज टुडे
राजविराज, १५ जेठ ।
सप्तरीमा सोमबार २ जनाको शव झुन्डिएको अवस्थामा फेला परेको छ। राजविराज नगरपालिका ७ बस्ने ५० वर्षीय किशोर गुप्ता र शम्भुनाथ नगरपालिका २ कनकपट्टीका १६ बर्षिय संजिवनी सदाको शव फेला परेको हो ।

गएराति गुप्ताको शव बाँसमा साडीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। । घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी गराउन साथ घटनास्थलमा प्रहरी पुगेका थिए । स्थानीय प्रत्यक्षदर्शीले शव शंकास्पद अबस्थामा रहेको बताएका छ। उनीहरुले घटना रहस्यमय रहेकाले सुक्ष्म अनुसन्धान हुनुपर्नेमा जोड दिएका छ्न । यसैगरी शम्भुनाथ नगरपालिका कनकपट्टीकि सदाको घरदेखी पुर्व आँपको रुखमा सलको पासो लागेको अबस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मृतक दुबैजनाको शव परिक्षणका लागी गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सप्तरीका प्रहरी प्रबक्ता नरेश कुमार सिंहले जानकारी दिए ।