• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

सप्तरीमा रेशमलाल चौधरीको रिहाईको खुशीयालीमा दिपप्रज्वलन

सप्तरीमा रेशमलाल चौधरीको रिहाईको खुशीयालीमा दिपप्रज्वलन

न्यूज टुडे
राजविराज, १५ जेठ ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवम पुर्व साँसद रेशमलाल चौधरी रिहाइ भएको उपलक्ष्यमा सप्तरीमा सोमबार दिप प्रज्वलन गरिएको छ ।

सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ स्थित गाउँपालिका कार्यालय अगाडि भेला भएका चौधरीका शुभचिन्तक तथा समर्थकहरुले मैनवती बालेको हो । रेशमलाल चौधरी रिहाई भएको खुशीयालीमा दिपप्रजज्वलन कार्यक्रमको आयोजना गरिएको नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सदस्य टीकालक्ष्मी चौधरीले बताईन । टिकापुर घटनामा निर्दोष रेशमलाल चौधरीले ढिलो भएपनि न्याय पाएको खुशीयालीमा दिप प्रज्वलन गरिएको उनले जानकारी दिईन । उनले टिकापुर घटना सम्बन्धमा बनेको गिरिशचन्द्र लाल कर्णको छ्नविन प्रतिबेदन सार्वजनिक गर्नुपर्नेमा जोड दिईन ।

दिप प्रज्वलन गर्दै नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष महाविर चौधरीले रेशमलालको रिहाईले देशबासीमा उत्साह जागेको बताए । रेशमलाललाई बर्तमान सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा गरिएको आममाफी स्वागत योग्य रहेको बताउदै उनले टिकापुर घटनामा पक्राउ परेका निर्दोष राजवन्दीहरुलाई निसर्त रिहाई गर्नुपर्नेमा जोड दिए । नागरिक उन्मुक्ति पार्टी सप्तरीका सदस्य एवम धर्मोदय सभा सप्तरीका अध्यक्ष महेश कुमार चौधरीले सरकारले रेशम लाल चौधरीको बाँकी कैद सजाय माफी गरेर राज्यले गल्ती स्वीकार गरेको बताए । उनले रेशमलाल चौधरीसहित टिकापुर घटनाका आरोपितहरु निर्दोष रहेको सरकारले भुल स्वीकार गरेरै आममाफीको निर्णय गरेको जिकिर गरे । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता, विभिन्न पहिचान पक्षधर संस्थाका पदाधिकारी तथा रेशमलाल चौधरीका शुभचिन्तक र समर्थकहरुको उपस्थिति रहेको थियो । सप्तरीको करोडबोना, चाँदनी बजार लगायतका विभिन्न स्थानमा रेशमलाल चौधरीको रिहाईको खुशीयालीमा दिप प्रज्वलन गरिएको नागरिक उन्मुक्ति पार्टी सप्तरीका अध्यक्ष बृजेन्द्र चौधरीले जानकारी दिए । पुर्व साँसद रेशमलाल चौधरीलाई गणतन्त्र दिवसको अबसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी कैद माफी गरेको थियो । चौधरीलाई जिल्ला, उच्च अदालतको आदेशलाई सदर गर्दै गत जेठ २ गते सर्बोच्च अदालतले जन्मकैदको फैसला गरेका थिए ।