• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता

विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता

न्यूज टुडे
राजविराज, १४ जेठ ।
विश्व महिनावारी स्वच्छता दिवस २०२३ को अबसरमा सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ सितापुरमा आइतबार बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।

महुली सामुदायिक विकास केन्द्र बकधुवा सप्तरीद्वारा मावि सितापुर भुर्कीमा बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो । विद्यालयमा महिनावारी स्वच्छता व्यवस्थापन विषयक बक्तृत्वकला प्रतियोगिताम मावि भुर्की सितापुरका कक्षा ७ देखि १० सम्मका १४ जना छात्रछात्रा सहभागी भएका थिए । प्रतियोगितामा कक्षा १० का ललन यादव प्रथम, कक्षा ९ का आयुष यादव द्वितीय र कक्षा ९ का सविना चौधरीले तृतीय स्थान हाँसिल गरे ।

प्रतियोगितामा सहभागी छात्रछात्राहरुलाई प्रमाणपत्र, मेडलद्वारा पुरस्कृत गरिएको थियो । उनिहरुलाई महुली सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक प्रभुनारायण चौधरी, अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका शिक्षा तथा प्रशासन शाखा प्रमुख योगेन्द्र प्रसाद यादव, विद्यालयका प्रधानाध्यापक दुर्गानन्द चौधरी, सहायक प्रधानाध्यापक कुलानन्द चौधरी, शिक्षकहरु इन्द्रदेव चौधरी,अभित चौधरी, महिनारायण चौधरी,पंकज चौधरी, चाँदनी चौधरी, डम्बर नारायण चौधरीले सहभागी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरे ।

शिक्षक श्याम कुमार चौधरीद्वारा संचालित प्रतियोगिताको निर्णायक मंडलमा शिक्षक लक्ष्मण माझी,ललिता कुमारी चौधरी, बन्दना कुमारी चौधरी, सर्मिला कुमारी चौधरी, निर्मला कुमारी चौधरी रहेका थिए । विद्यार्थीहरुलाई महिनावारी व्यवस्थापन गराउन जनचेतना जगाउने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको जनाएको छ ।