• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

सितापुरमा बालविवाह न्यूनीकरण सम्बन्धि सडक नाटक प्रदर्शन

सितापुरमा बालविवाह न्यूनीकरण सम्बन्धि सडक नाटक प्रदर्शन

न्यूज टुडे
राजविराज, १४ जेठ ।
विहेवारी बीस बर्ष पारी भन्ने मुल नाराकासाथ सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका २ सितापुरमा आइतबार बालविवाह न्यूनीकरण सम्बन्धि सडक नाटक प्रदर्शन गरिएको छ ।

अग्नीसाईर कृष्णासवरन गाउँपालिका महिला तथा बालवालिका शाखाद्वारा बालविवाह न्यूनीकरणका लागि जनचेतना जगाउने उदेश्यले सडक नाटक प्रदर्शन गरेको हो । नाटकमा सामाजिक अपराधको रुपमा रहेको बालविवाह न्यूनीकरणमा जोड दिएको थियो । कुलतमा फसेका छोराछोरीलाई विवाह गरिदिए सुधार हुने अन्ध विश्वासले बालविवाहको घटना वृद्धि हुँदै गएको चित्रण नाटकमा गरिएको छ । नाटकमा बालविवाह गर्दा हुने कानुनी, दण्ड सजाय र भोग्नुपर्ने विभिन्न कठिनाईबाट बाँच्ने उपाय बारे संदेश प्रबाह गरिएको थियो । समाजमा व्याप्त बालविवाह न्यूनीकरण गर्ने उदेश्यले सडक नाटक प्रदर्शन गरेको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख विनिता साहले बताइन् ।

मावि सितापुर भुर्की अगाडिको सडकमा नाटक प्रदर्शनको क्रममा अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्विन्द कुमार चौधरी, वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरी, पत्रकार बृजमान तामाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुशेश्वर प्रसाद चौधरी, प्रधानाध्यापक दुर्गानन्द चौधरीलगायतका शिक्षक, विद्यार्थीहरुको उपस्थिति थियो ।