• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

मावि सितापुर भुर्कीमा आईसीटी प्रणालीबाट पढाइ सुरु

मावि सितापुर भुर्कीमा आईसीटी प्रणालीबाट पढाइ सुरु

न्यूज टुडे
राजविराज, १४ जेठ ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ स्थित रहेको सुदेफु जनता माध्यमिक विद्यालय सितापुर भुर्कीमा आईसीटी प्रणालीबाट पढाई सुरु भएको छ ।

विद्यालयद्वारा आइतबार आयोजित एक कार्यक्रमको विच आईसीटी ल्यावको उद्घाटन गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुशेवर प्रसाद चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्विन्द कुमार चौधरी आईसीटी ल्यावको उद्वघाटन गरे । ल्यावको उद्वघाटन गर्दै प्रमुख प्रशासकीय अधिकृत चौधरीले आईसीटी प्रणालीबाट पठनपाठन प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले आईसीटी ल्यावको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

आईसीटी ल्याव उद्घाटन समारोहमा उपस्थित अतिथिगणहरु । फोटोः न्यूज टुडे

प्रमुख प्रशासकीय अधिकृत चौधरीले विज्ञानको नयाँ अविस्कारसंगै विभिन्न नयाँ प्रविधिहरुको माध्यमबाट पढाई सुरु गरेको भन्दै विद्यालय परिवारको प्रशंसा गरे । उनले गाउँपालिकाको तर्फबाट विद्यालयमा गरिने भौतिक पुर्वाधार, शैक्षिक सुधार कार्यक्रमसहित विभिन्न सहयोग निरन्तर गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेशका महासचिव बृजमान तामाङ, साविक गाविस सितापुरका अध्यक्ष वसन्त कुमार चौधरी, मावि कल्याणपुरका पुर्व प्रधानाध्यापक महावीर प्रसाद चौधरीलगायतकाले समेत मन्तव्य व्यक्त गरे । विद्यालयका सहायक प्रधानाध्यापक कुलानन्द चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत प्रधानाध्यापक दुर्गानन्द चौधरीले गरे ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयले ६ लाख ४६ हजार ७ सय ५० रुपैयाँको लगानीमा आईसीटी सेवा संचालनमा ल्याएको प्रधानाध्यापक चौधरीले जानकारी दिए । उक्त माध्यमबाट पढाई हुदा विद्यार्थीहरुले छिटो सिक्ने र कुनै कुरामा दुविधाभएमा घरमै मोबाईल हेरेर पनि सिक्न सक्ने उनले बताए ।