• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

पुर्वमन्त्री राज कुमार लेखीद्वारा ५० लाख मुल्यको जग्गा बृद्वाआश्रमलाई दान

पुर्वमन्त्री राज कुमार लेखीद्वारा ५० लाख मुल्यको जग्गा बृद्वाआश्रमलाई दान

न्यूज टुडे
राजविराज, १४ जेठ ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य एवम पुर्व कानुनमन्त्री राज कुमार लेखीले ५० लाख मुल्यको जग्गा बृद्व आश्रमलाई दान गरेको छ ।

सप्तरीको सप्तकोशी नगरपालिका ५ स्थित गंगाजलीमा रहेको आफ्नो निजि २ कठ्ठा जग्गा बृद्वआश्रमका लागि लेखीले प्रदान गरेको हो । लेखीले दान गरेको जग्गाको हालको चलनचल्तीको मुल्य प्रतिकठ्ठा २५ लाख रुपैयाँ रहेको स्थानीयले जनाएको छ । जग्गा बृद्वआश्रमको भवन निर्माण प्रयोजनका लागि दान गरिएको पुर्वमन्त्री लेखीले जानकारी दिए ।

सम्पुर्ण जीवन सामाजिक परिवर्तनका लागि समर्पण गरे, आदिवासी जनजाति महासंघका पुर्व अध्यक्ष समेत रहेका एमाले नेता लेखीले भने, बाँकी श्रीसम्पत्ति र जीवन देश र जनताको हितमा अर्पण गर्ने सोचले बृद्वाबृद्वको सेवामा जग्गा सहयोग गरेको छु । जग्गामा पुर्वाधार निर्माण कार्यले छिटै पुर्णता पाउने बताउदै उनले बृद्व आश्रमबाट चाडै सेवा प्रवाह हुने विश्वास व्यक्त गरे । लेखी सानैदेखी सामाजिक कार्यमा अग्रपंक्तिमा रहेर काम गर्दै आएका छन् । लेखीको अगुवाइमा गंगाजलीमा जनहित राष्ट्रिय प्राथमिक विद्यालय स्थापना, सहिद दिलिप स्मृति प्रतिष्ठान, मित्र युवा क्लब लगायतका सामाजिक संस्थाहरु संचालनमा छन् । यी संस्थाहरुले सामाजिक विकासको कार्यमा निरन्तर टेवा पुर्याउदै आएको स्थानीयहरु बताउछ्न ।

सप्तकोशी नगरपालिका ४ स्थित बलार्दह चौधरीका सम्पर्क कार्यालय स्थापना गर्दै प्रदेशसभा सदस्य राज कुमार लेखी । फोटोः न्यूज टुडे

यसैगरी प्रदेशसभा सदस्य लेखीले सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (क) को सम्पर्क कार्यालय समेत स्थापना गरेको छ । सप्तकोशी नगरपालिका ४ बलार्दह चौकमा स्थापना गरेको कार्यालय आइतबार एक कार्यक्रमका विच प्रदेसभा सदस्य लेखीले उद्वघाटन गरे । कार्यक्रममा बोल्दै लेखीले जनताको आबश्यकता र समस्यालाई नजिकबाट बुझ्न सहज होस भन्ने उदेश्यले सम्पर्क कार्यालय स्थापना गरेको बताए । उनले आफुले पार्टी र जनतासमक्ष चुनावको बेला गरेको प्रतिबद्धता अनुसार एमाले मधेश प्रदेश समितीलाई प्रतिमहिना १० हजार, जिल्ला समितिलाई ५ हजार र कंचनरुप नगरसमितिलाई ५ हजारको दरले सहयोग गर्दै आएको जानकारी दिए ।

पार्टी गतिविधि संचालनमा सहयोग पुगोस भन्ने उदेश्यले थोरै भएपनि सहयोग गरिएको उनको भनाई थियो । कार्यालय उद्वघाटन समारोहमा सप्तकोशी नगरपालिकाका वडा अध्यक्षहरु, सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (क) अन्तर्गतका तीनवटै स्थानीय तहका २५ वटा वडाका जनप्रतिनिधिहरु तथा पार्टी नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।