• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

पार्टी क्रियाकलापलाई निरन्तरता दिनुपर्नेमा जोड

पार्टी क्रियाकलापलाई निरन्तरता दिनुपर्नेमा जोड

न्यूज टुडे
राजविराज, १३ जेठ ।
जनता समाजवादी पार्टी मधेश प्रदेश समितिका मुख्यसचिव दिनेश कुमार यादवले पार्टीको क्रियाकलापलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

जसपा सप्तरी निर्वाचन क्षेत्र नम्बर १ द्वारा सप्तरीको बैरवामा शनिबार आयोजित क्षेत्रीय भेलालाई सम्बोधन गर्दै पार्टीलाई सुदृढीकरण गर्न नियमित पार्टी गतिविधि हुनुपर्नेमा उनले जोड दिएका हुन  । भेलालाई सम्बोधन गर्दै मुख्यसचिव यादवले पार्टी गतिविधिलाई सक्रिय नबाएसम्म पार्टी संगठन निर्माणको कार्य अगाडि बढ्न नसक्ने बताए । उनले जनताको आबश्यकता र समस्यालाई सम्बोधन गर्दै पार्टीको हरेक तहका संगठनले आफ्ना नियमित गतिविधिलाई अगाडी बढाउनुपर्नेमा जोड दिए । यादवले कसैको दवाव र प्रभावमा परि पार्टी संगठनको क्रियाकलापलाई बन्दी बनाउन नहुने जिकिर गरे ।

क्षेत्रीय भेलामा मन्चासिन प्रमुख अतिथी जसपा राजनीति समिति सदस्य जगदेव यादवसहित नेताहरु । फोटोः न्यूज टुडे

जनता समाजवादी पार्टी मात्र देशका सम्पुर्ण जाती समुदाय, लिङ्ग बर्गको हक अधिकार सुनिश्चित गर्ने पार्टी भएको दावी गर्दै उनले पार्टीको निति, सिदान्त र विचारलाई जनतासामु पुर्याउन नेताकार्यकर्ताहरुलाई आग्रह गरे । जसपा सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का अध्यक्ष हेमन्त बहडखेरको अध्यक्षता तथा राजनीतिक समिति सदस्य जगदेव यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा संघीय परिषद सदस्य श्याम देव यादव, जिल्ला अध्यक्ष केदर प्रसाद यादव, सचिब हरेराम यादव, उपसचिव निलेश कुमार झा, कोषाध्यक्ष बृजमान तामाङ, क्षेत्र नम्बर १ (ख) का अध्यक्ष जितेन्द्र खडगा, कल्पना कुमारी चौधरी, रामसुन्दर यादवलगायतका विभिन्न पालिकाका अध्यक्ष एवम प्रतिनिधिहरुले मन्तव्य व्यक्त गरे ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका ५ पालिकाको ४८ वटा वडाका नेताकार्यकर्ता सहभागी भेलाको संचालन जिल्ला कार्यकारिणी समिती सदस्य रामेश्वर यादवले गरे ।