• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

प्रशवनीको महिकर सिंह माध्यमिक विद्यालयमा चोरी

प्रशवनीको महिकर सिंह माध्यमिक विद्यालयमा चोरी

न्यूज टुडे
राजविराज, १३ जेठ ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ४ स्थित रहेको महिकर माध्यमिक विद्यालय प्रशवनीमा शुक्रबार राती चोरी भएको छ ।

विद्यालयको निर्माणाधीन भवनका लागि भण्डारण गरि राखिएको ८ एमएमको एक बण्डल छड् चोरी भएको हो । राती २ बजेतिर भवन निर्माण प्रयोजनका लागि राखिएको एक क्युन्टल बराबर छ्ड चोरी भएको विद्यालयका प्रधानाध्यापक उपेन्द्र साहले बताए । मजदुरहरुले काम गरिसकेपछि १ बजेतिर सुत्नु गएपछि छ्ड चोरी भएको उनले जानकारी दिए ।

विद्यालयमा भवन निर्माणको काम भइरहेको छ, प्रधानाध्यापक साहले भने, भवन निर्माणका लागि विद्यालय परिसारभित्र राखिएको १३ हजार भन्दा बढिको छ्ड गयराती चोरी भएको छ, चोरहरुले दुई बण्डल चोर्ने प्रयास गरेको देखिन्छ तर एक बण्डल अलिक पर लगेर छोडिएको अबस्थामा भेटिएको छ । यस अघिसमेत छ्ड चोरी भएको बताउदै उनले प्रहरीलाई जानकारी गराउदा समेत चोरीमा संलग्न गिरोह पत्ता लाग्न नसकेको गुनासो गरे । विद्यालयमा १ करोड ७१ लाख ६३ हजार ८८ रुपैयाँमा तीन तल्ले ९ कोठे भवन निर्माण कार्य भईरहेको प्रधानाध्यापक साहले बताए ।

भवन निर्माणको ठेक्का पुजा निर्माण सेवा सातदोबाटो १५ ललितपुरले ठेक्का लिएको उनले जानकारी दिए । २ करोड ४२ लाख ३८ हजार ५ सय रुपैया भवन निर्माका लागि विनियोजन गरिएकोमा पुजाले २९ लाख २४ हजार ५ सय ८८ रुपैयाँ विलोमा निर्माणको ठेक्का लिएको प्रधानाध्यापक साहले जानकारी दिए ।