• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

नेपाली मजदुरलाई ठगी गर्ने भारतीय ठेकेदारलाई प्रहरी –प्रशासनले संरक्षण दिएको पीडितहरुको आरोप

नेपाली मजदुरलाई ठगी गर्ने भारतीय ठेकेदारलाई प्रहरी –प्रशासनले संरक्षण दिएको पीडितहरुको आरोप

न्यूज टुडे
राजविराज, १३ जेठ ।
सप्तरीका प्रहरी प्रशासनले नेपाली मजदुरलाई ठगी गर्ने ठेकेदारलाई संरक्षण दिएको पीडितहरुले आरोप लगाएका छन् ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहमा शनिबार पत्रकार सम्मेलन गरि पीडितहरुले उक्त आरोप लगाएका हुन । पत्रकार सम्मेलनमा बोल्दै पीडितहरुले प्रहरी प्रशासनले आर्थिक लाभ लिएर नेपाली मजदुरलाई ठगी गर्ने भारतीय ठेगेदार कम्पनीलाई संरक्षण गरेको आरोप लगाए । भारतीय ठेकेदार कम्पनी त्रिकला ईन्ड्रस्ट्री इंडियाले कोशी पश्चिमी नगरको सरसफाइ तथा मर्मत सम्भारको ठेक्कालिई नेपाली मजदुरहरुको करोडौं ठगी गरेको आरोप उनीहरुको छ । निर्माण कम्पनीका ठेकदार प्रभात कुमार मिश्र र पेटि ठेकेदार राजु सिंहले ९७ जना नेपाली श्रमिकको ३ करोड भारतीय रकम भुक्तानी नदिई भागेको पीडितहरुले पत्रकार सम्मेलनमा बताए । काम सम्पन्न गरेपछि बजेट भुक्तानी लिएर मजदुरलाई नदिएरकोले उक्त निर्माण कम्पनीको ३ वटा स्काईभेटर नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको पिडितहरुले जानकारी दिए ।

आफुहरुको रकम नदिएसम्म स्काईभेटर प्रहरी नियन्त्रणमा राख्ने सहमति विपरीत प्रहरीले आर्थिक प्रभावमा परि शुक्रबार एउटा आफुहरुलाई थाहै नदिई भारतीय कम्पनीलाई प्रहरीले बुझाएको भन्दै उनीहरुले पत्रकार सम्मेलनमा आक्रोश पोखे । पीडितहरुले आफ्नो रकम नपाएसम्म स्काईभेटर नछाड्ने पत्रकार सम्मेलनमा बताए । उनीहरुले प्रहरी प्रशासनले जबर्जस्ती गरे प्रतिकारमा उत्रिने पत्रकार सम्मेलन मार्फत चेतावनी समेत दिए । भारतीय ठेकेदारबाट रकम दिलाईदिन स्थानीय प्रहरी प्रशासन, राजनीतिक दल र संचारकर्मी तथा सरोकारवालाहरुलाई पीडितहरुले आग्रह समेत गरे । ठेकेदार राजु सिंहका भाइ बिटु सिंहले नेपाली मजदुरहरुको पैसा दिन नसकिएको स्वीकार गरे । उनले आफुभन्दा माथिका ठेकेदार प्रभात मिश्रले काम गरेको बजेट रोकेपछि कामदारहरुको समेत भुक्तानी रोकिएको जानकारी दिए ।

मिश्राले रकम नदिएपछि उनको स्काईभेटर नियन्त्रणमा लिनु बाध्य भएको उनले जानकारी दिए । उनले आफ्नो करडौ बजेट भुक्तानी लिन बाँकी हुदा समेत नेपालका प्रहरी प्रशासनले स्काईभेटर छोड्न पटकपटक दवाव दिएर मानसिक तनाव सिर्जना गरेको उनले गुनासो गरे ।