राजकुमार साह
कञ्चनपुर, १२ जेठ ।
सहयोगी वचत तथा ऋण सहकारी संस्था कंचनपुरले शुक्रबार स्वर्गीय आप्mना एक शेयरधनी सदस्यका परिवारलाई आर्थिक सहयोग गरेका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर –२ स्थित बरमझियाका स्वर्गीय बिजय प्रसाद साहको परिवारलाई २५ हजार सहयोग गरेका हुन । मृतक साहको १३ औं दिनको पुण्यतिथिको अबसरमा स्वर्गीय साहको परिवारलाई सहकारीले आर्थिक सयोग गरेका छ्न । सहकारीका अध्यक्ष अनोज कुमार यादवले शेयर सदस्य स्वर्गीय साहको श्रीमती भजनी देवि साह र छोरा दिपेशलाई नगद २५ हजार सयोग गरेको छ ।
संस्थाको तर्फबाट श्रद्धाञ्जली दिदै संस्थाका सचिव शोभाकान्त गुप्ताले सहकारीका शेयर सदस्यको कुनै कारणले मृत्यु भएमा संस्थाले मृतक परिवारलाई २५हजार सयोग बिगत ७ वर्षदेखि प्रदान गर्दै आएको बताए । संस्थाका व्यवस्थापक बिनोद कर्णले कञ्चनरुप नगरपालिका भित्र थुप्रै सहकारी रहेपनी सहयोगी सहकारीले आप्mनो निति अनुसार शेयर सदस्यको घरपरिवारमा दैवी प्रकोप लगायत भवितव्य घटना हुदा आर्थिक सहित खाद्यन सयोग गर्दे आएको बताए ।
उनले हालसम्म तीन दर्जन भन्दा बढी घरपरिवारलाई सयोग उपलब्ध गराएको जानकारी दिए । शेयर सदस्य बिजय प्रसाद साहको ५६ वर्षको उमेरमा बैशाख ३१ गते मृत्यु भएको थियो । स्वर्गीय साह पुर्व नेपाल प्रहरीबाट सेवा निबृत राष्ट्रसेवक कर्मचारी हुन ।