न्यूज टुडे
राजविराज,१२ जेठ
विद्यालयमा अध्ययनरत बालबालिकालाई विपद्को जोखिमबाट हुने असरबाट जोगाउन तथा समुदायमा सन्देश प्रवाह गर्न तिलाठी कोइलाडी गाउँपालिकाले शुक्रबार विपद् जोखिम न्युनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
युनिसेफको सहयोगमा गाउँपालिकाको वन, वातावरण तथा विपद् ब्यवस्थापन शाखाद्वारा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । कुनैपनि खालको विपदमामा सबैभन्दा बढी बालबालिका प्रभावित हुने गरेको तथा विपद् पश्चात बालबालिकाले आप्mनो बालअधिकारको उपयोग तथा उपभोग गर्नबाट वञ्चित हुनुपर्ने अवस्था उत्पन्न हुने गरेकोले बालबालिकालाई विपद्को जोखिमबाट जोगाउन अभिमुखीकरण कार्यक्रमको आयोजनागरिएको गाउँपालिकाका विपद् ब्यवस्थापनअधिकृत राजेश कुमार झाले बताए ।
वालवालिकाहरुको क्षमता अभिवृद्धि गरी उनीहरुले आफनो आवाज उठाउन सकुन् र सम्वन्धित निकायले उनीहरुको समस्या तथा कुरा सुनुन्, जसले विपद् जोखिम न्यूनिकरण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालय स्तरीय बाल क्लबका सदस्यहरुका लागि विपद् जोखिम न्युनीकरण सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको कार्यक्रम अधिकृत झाले जानकारी दिए । बालवालिकाहरुले स्वयं आफैले जोखिम पहिचान गर्न, विश्लेषण गर्न, योजना वनाई कार्यान्वयन गर्न र जोखिम न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने तथा बाालबालिकाहरुले आफनो ज्ञान, सीपको प्रयोग गरेर प्रौढहरुसंगै सुरक्षित र उत्थानशील समुदाय बनाउन योगदान दिन सक्षम बनाउनु कार्यक्रमको उद्देश्य रहेको झाले बताए ।
उक्त अभिमुखीकरण कार्यक्रम तिलाठी कोइलाडी गाउँपालिकाको राजेन्द्र देवकी मावि कोइलाडी, लक्ष्मीबल्लभ नरसिंह मावि बभनगामाकट्टी, जनता मावि तोपा, पब्लिक मावि लौनियाँ तिलाठी, उमेश्वर आधारभूतविद्यालय लौनियाँ, राजाजी आधारभूत विद्यालय बनरझुला र कृष्णकुमारी देवी राजपुत मेमोरियल आधारभूत विद्यालय बर्साइनमा समेत अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।