न्यूज टुडे
राजविराज, १२ जेठ ।
सप्तरीको रुपनी गाउँपालिका ६ स्थित नयाँ बस्तीमा शुक्रबार राती तीन घरमा चोरी भएको छ । स्थानीय टेक बहादुर पाख्रीन तामाङ, वीर बहादुर खड्का र पार्वती खड्काको घरमा एकैरात चोरी भएको हो ।
चोरहरुको समुहले राती एक बजेको समयमा तामाङको घरमा पसि घरभित्र रहेको बाकस, बाकसभित्र राखिएको नगद र गरगहना चोरेका छन् । राती मकैबारीमा चौकीदार बस्न गएको बेला ढोका खुल्ला रहेको मौका छोपी चोरहरु घरभित्र पसेर नगद ३५ हजार, साततोलाको चाँदीको गरगहना र पाहुनाले कोसेली ल्याएको केही मदिरा चोरी भएको तामाङले जानकारी दिए ।
चोरी भएको राती नै थाहपाएपनी शुक्रबार विहान घरदेखी पुर्व दुधैला खोलामा चावी फोरेर नगद, गरगहना लगेर कागतपत्र, बाकस र मदिराको खाली बोतल प्mयाकिएको अबस्थामा भेटिएको उनले जानकारी दिए । यसैगरी वीर बहादुर खडकाको श्रीमति तुलासा खडकाको कानमा लगाएको चारआनाको सुनको गहना लुछेर चोरहरुले लगेका छ्न । ढोका खुल्ला राखी सुतेको अबस्थामा चोरहरुको समुह घरभित्र पसि सुतिरहे मौका छोपी कानमा लगाएको सुन लुछेर लगेको खडकाले बताईन । कानको सुन लुछेर दुखेपछि जोडले चिच्याउनु थालेपछि चोरहरु भागेको उनले जानकारी दिईन ।
यसैगरी सोही समयमा उनको छिमेकी पार्वती खडकाको घरमा समेत चोर्ने प्रयास गरेका थिए । घरमा बलिरहेको विजुलीको चिम खोलेको थाहपाएपछी चोरहरु भागेको खडकाले जानकारी दिईन । चोरी भएको थाह पाउनसाथ प्रहरीलाई खवर गरि प्रहरी आएपनी चोरलाई भने नियन्त्रणमा लिन नसकेको स्थानीयले जनाएको छ । चोरीमा संलग्न समुहको खोजी कार्य भईरहेको तथा चोरीको घटना बारे अनुसन्धान जारी राखिएको इलाका प्रहरी कार्यालय रुपनीले जानकारी गराएका छन् ।