न्यूज टुडे
राजविराज, ११ जेठ ।
नेपाल पत्रकार महासंघ सप्तरीको ११ औं साधारणसभा पुनः स्थगित भएको छ । जेठ १२ गते शुक्रबार निर्धारण भएको साधारणसभा तेस्रो पटक स्थगित भएको हो ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रावण देवले बिहिवार एक सूचना जारी गर्दै साधारणसभा स्थगित भएको जनाएको छ । मिति २०८० जेठ १२ गते हुने भनिएको नेपाल पत्रकार महासंघ सप्तरीको ११ औं साधारणसभा प्राविधिक कारणबस स्थगित भएको जानकारी गराउछौ अध्यक्ष देवले जारी गरेको सूचनामा उल्लेख छ । महासंघले बैशाख २५ गते दोश्रो पटक निर्धारण गरिएको साधारणसभा विशेष कारण देखाउदै जेठ १२ गते सारिएको थियो । त्यस अघि २०७९ पुसमा तय गरिएको साधारणसभा समेत स्थगित गरिएको थियोे ।
आन्तरिक विवाद समाधान नहुदा साधारणसभा पटकपटक स्थगित भएको श्रोतको दावी छ । देव नेतृत्वको कार्यसमितिको कार्यकाल २ बर्ष सकिदा समेत एउटा पनि साधारणसभासम्म गर्न नसकेको भन्दै आलोचना हुन थालेको छ । महासंघ शाखाले एक कार्यकालमा कम्तीमा २ पटक साधारणसभा गर्नुपर्ने व्यवस्था छ ।