• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

पुर्व मन्त्री साहले गरे भेटनरी अस्पताल तथा पशुसेवा केन्द्रको भवन शिलान्यास

पुर्व मन्त्री साहले गरे भेटनरी अस्पताल तथा पशुसेवा केन्द्रको भवन शिलान्यास

न्यूज टुडे
राजविराज, १० जेठ ।
सप्तरीको राजविराज २ मा अबस्थित भेटनरी अस्पताल तथा पशुसेवा केन्द्रको करोडौंको लगानीमा सुविधा सम्पन्न कार्यालय भवन निर्माण हुने भएको छ ।

१ चार करोड ५० लाखको लागत निर्माण गर्न लागिएको भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र राजविराजको नक्सा । फोटोः न्यूज टुडे

४ करोड ५० लाखको लागतमा निर्माण हुने भवनको बुधबार आयोजित एक समारोहका विच मधेश प्रदेशका पुर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले शिलान्यास गरेको हो । भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र राजविराजद्वारा आयोजित भवन शिलान्यास कार्यक्रममा बोल्दै पुर्व मन्त्री साहले समयमै काम सम्पन्न हुने विश्वास व्यक्त गरे । राजविराजमा सुविधा सम्पन्न भेटनरी अस्पताल तथा पशुसेवाकेन्द्रको भवन निर्माण हुनु सबैको लागि गौरवको विषय हो, मन्त्री साहले भने, समयमै निर्माण कार्य सम्पन्न हुने र नयाँ भवनबाट सेवा संचालन हुनेमा पुर्ण विश्वस्त छु । उनले निर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाउन निर्माण कम्पनीलाई आग्रह गरे ।

कार्यक्रममा राजविराज नगरपालिकाकी कार्यबाहक प्रमुख इसरत परविन लगायतका विभिन्न वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । भवन निर्माणको ठेक्का राधाकृष्ण निर्माण सेवा राजविराजले लिएको छ । २०८० बैशाख २६ गते देखि काम सुरु गरि २०८१ असार ३१ गतेभित्र भवन निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।