न्यूज टुडे
राजविराज, ८ जेठ ।
पुर्वपश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कंचनरुप नगरपालिका ८ मा आइतबार साँझ म्याजिकबाट लडेर एक युवक गम्भीर घाइते भएका छन् ।
पुर्वबाट पश्चिमतर्फ आउदै गरेको को १ ज ३४६१ नम्बरको म्याजिकबाट लडेर कंचनरुप नगरपालिका वडा नम्बर ९ का बर्ष २९ को बलराम यादव घाईते भएका हुन । साँझ साढे ८ बजे म्याजिक गुडि रहेको अवस्थामा ढोका बाट तल लडि यादव गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते यादवले मादकपदार्थ सेवन गरेका थिए । घाईते यादवको स्थानीय स्वास्थ्य केन्द्र कंचनपुरमा प्राथमिक उपचारपछि थप उपचारको लागि बिराट नर्सिङ होम बिराटनगरमा लगि उपचार भईरहेको प्रहरीले जनाएको छ ।
म्याजिक र म्याजिक चालकलाई नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए ।