• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

सप्तरीको मधवापुरमा एक युवकको घाँटी रेटेर हत्या

सप्तरीको मधवापुरमा एक युवकको घाँटी रेटेर हत्या

न्यूज टुडे
राजविराज, ८ जेठ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुर स्थित खेतमा सोमबार घाँटी काटिएको अवस्थामा एक युवकको शव फेला परेको छ  ।

स्थानीय टेलरिङ फयाक्ट्रीको पछाडि बिहान ७ बजे अन्दाजी २५ वर्षीय युवकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको हो । शव भेटिएको स्थानमा मदिरा र बियरका बोतलहरु समेत भेटिएको स्थानीयले जनाएको छ । युवकको पहिचान खुल्न बाँकी छ भने घटना बारे प्रहरीले अनुसन्धान अगाडि बढाएको स्थानीयबासीले जनाएको छ । सप्तरीमा एकसता भित्र दुईवटा हत्याको घटना भएको छ । एकसाता अगाडि बैशाख ३१ गते सप्तरीको रुपनी गाउँपालिका १ सडक छेउको खेतमा एक युवकको हत्या भएको थियो । शम्भुनाथ नगरपालिका २ खैरबोनाका २१ बर्षिय तफेजुलको हत्या गरि प्mयाकिएको अबस्थामा भेटिएको थियो ।

युवकको हत्यामा संलग्न अपराधी गिरोहलाई प्रहरीले सार्वजनिक नगर्दै एकहप्ता भित्र अर्को हत्याको घटना भएको छ । शृख्लाबद्ध हत्याको घटनाले सप्तरीबासी त्रसित भएका छन् ।