न्यूज टुडे
राजविराज, ८ जेठ ।
सप्तरीको शम्भुनाथ नगरपालिका ९ बजरहटमा सोमबार एक महिलाको शव फेला परेको छ ।
स्थानीय सोभित मण्डलको श्रीमति बर्ष–३० कि रिता देबी मण्डलको शव झुन्डिएको अबस्थामा फेला परेको हो । घरबाट १सय मिटर उत्तरमा रहेको आँपको रुखमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको शव परिक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
झुन्डिनुको कारण बारे खुल्न नसकेको तथा घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए ।