• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

सप्तरीमा छुट्टाछुट्टै भएको मोटरसाइकल दुर्घटनामा ६ जना घाईते

सप्तरीमा छुट्टाछुट्टै भएको मोटरसाइकल दुर्घटनामा ६ जना घाईते

न्यूज टुडे
राजविराज, ७ जेठ ।
राजविराज– भारदह सडक अन्तर्गत सप्तरीको राजविराज नगरपालिका २ स्थित तितरीगाछीमा शनिबार मोटरसाइकल दुर्घटनामा परि २ जना घाईते भएका छन् ।

दुर्घटनामा तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ७ का बर्ष २५ को उपेन्द्र मण्डल र छिन्न्मस्ता गाउँपालिका १ का बर्ष २५ को राजेश यादव घाइते भएका हुन । पश्चिमबाट पुर्वतर्फ जादै गरेको को.१५प ७९४० नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको प्रदेश २–०१–००३ प ९१९७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खादा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते दुबै जनालाई उपचारको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा भर्ना गरिपनि अवस्था गम्भीर भएपछि थप उपचारको लागी बिराटनगरतर्फ पठाईएको तथा घटना सम्बन्ध थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

राजविराज – भारदह सडकमा भएको मोटरसाइकल दुर्घटनामा घाईते मण्डल । फोटोः न्यूज टुडे

यसैगरी सप्तरीको कंचनरुप नगरपालिका ६ परेमारा स्थित भित्री सडक खण्डमा शनिबार कंचनपुर बाट फतेपुर तर्फ जादै गरेको को २६ प३८७२ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई बचाउने क्रममा दुर्घटना हुदा ३ जना घाइते भएका छ्न । दुर्घटना चालक उदयपुर त्रियुगा नगरपालिका ३ गाईघाट मटिगढा बस्ने बर्ष ३० को रोहित चौधरी, पछाडि सवार सोही ठाउँ बस्ने बर्ष २८ को अनिल ठकुरी र पैदलयात्री सप्तकोशी नगरपालिका ११ का १८ बर्षिय भोलानाथ घाइते भएका हुन ।

मोटरसाइकलमा सवार घाईतेहरुको कंचनरुपमा स्थित धर्मेश्वर अस्पताल ठेलियामा सामान्य उपचार पश्चात थप उपाचरको लागि बिराटनगरतर्फ पठाईएको तथा पैदलयात्री भोलाको धर्मेश्वर अस्पताल ठेलियामा सामान्य उपचार गाराई डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

यस्तै सप्तरी राजबिराज नगरपालिका २ स्थित राजदेबिबाट तितरीगाछि आउदै गरेको स.८प ७८४१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदा चालक स्थानीय बर्ष ३५ को अम्जद अंसारी घाईते भएको छ । घाइते अन्सारीको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भईरहेको तथा घटनाबारे अनुसन्धान भईरहेको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए ।