• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

समाचार प्रभावः सोनरामा विगत ६ वर्षदेखि बन्द सार्वजनिक बाटो खोलियो

समाचार प्रभावः सोनरामा विगत ६ वर्षदेखि बन्द सार्वजनिक बाटो खोलियो

न्यूज टुडे
राजविराज, ७ जेठ  ।
सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर १ सोनरामा विगत ६ वर्षदेखि बन्द सार्वजनिक बाटो आईतवार खोलिएको छ ।

गाउँपालिकाका उपाध्यक्ष अर्चनाकुमारी यादवको पहलमा विगत ६ वर्षदेखि बन्द सार्वजनिक बाटो खोलिएको हो । बाटो खोलाउन उपाध्यक्ष यादव, वडाध्यक्ष जयश्वर किशोर दास,वडा सदस्यहरु कमल प्रसेला,लोसपाका युवा नेता सुरेन्द्र प्रसाद यादव, जसपाका नेता मनोज यादव, माओवादीका कृष्णदेव मण्डल, पत्रकार देवराम यादव, पकरी प्रहरी चौकी प्रमुख मो. फिरयाद लगायतले स्थानीयबासीसंग संयुक्त छलफल गरी बाटो खोल्ने सहमति गरेको स्थानीय मोहन यादवले जानकारी दिए  ।

उपाध्यक्ष यादवका अथक पहलमा उक्त बाटो खुले पछि सयौ स्थानीय लाभान्बित भएको उनले बताए । न्युज टुडे दैनिक पत्रीका र अनलाइनमा आइतबार सोनरामा ६ बर्षदेखी सार्वजनिक बाटो अबरुद्ध, सरोकारवाला बेखबर शिर्षकमा समाचार प्रकाशन तथा प्रशारण भएपछि गापा उपाध्यक्ष यादवले विगत ६ वर्षदेखि बन्द रहेको बाटो खोलाउन पहल कदमी लिएपछि बाटो पुर्ववत संचालनमा आएको वडा सदस्य रामदेव सदाले बताए ।

न्यूज टुडे दैनिक पत्रीका र अनलाइनमा समाचार आएपछि चुनावको बेला भोट लिने र जनतालाई समस्या पर्दा पन्छिनु खोज्ने जनप्रतिनिधिको रबैया ठिक नभएको भन्दै सर्वत्र आलोचना हुनथालेपछि गाउँपालिका उपाध्यक्ष यादव एक्सनमा उत्रिएको स्थानीयले जनाएको छ ।