• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

मुसहर्नियामा झुन्डिएको अबस्थामा एक महिलाको शव फेला

मुसहर्नियामा झुन्डिएको अबस्थामा एक महिलाको शव फेला

न्यूज टुडे
राजविराज, ७ जेठ ।
सप्तरी विष्णुपुर गाउँपालिका ३ स्थित मुसहर्निया शनिबार एक महिलाको शव झुन्डिएको अबस्थामा फेला परेको छ ।

स्थानीय बिरेन्द्र कुमार मण्डलको श्रीमती बर्ष २३ कि मनिषा कुमारी मण्डलको शव झुन्डिएको अबस्थामा फेला परेको हो । आप्mनै सुत्ने कोठामा काठको धरेनमा साडिको पासो लगाई झुण्डी मृत अवस्थामा रहेको निजको श्रीमानले देखि पासो काटि लास भुईमा रखिएको भनि प्रहरीलाई खबर प्राप्त हुन साथ प्रहरी पुग्दा युवतीलाई मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृतक महिलाको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मृत्युको कारण बारे खुल्न नसकेको तथा घटना सम्बन्धमा अनुसन्धान भईरहेको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए ।