• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

सोनरामा ६ वर्षदेखि सार्वजनिक बाटो बन्द, सरोकार निकाय मौन

सोनरामा ६ वर्षदेखि सार्वजनिक बाटो बन्द, सरोकार निकाय मौन

न्यूज टुडे
राजविराज, ०६ जेठ ।
सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर १ सोनरामा ६ बर्षदेखी सार्वजनिक बाटो बन्द हुदा स्थानीयबासीलाई आवत जावत गर्न समस्या भएको छ ।

सार्वजनिक बाटो अबरुद्ध हुदा समेत वडाध्यक्ष जयश्वर किशोर दासले केहि चासो नदेखाएकोले बर्षोदेखी स्थानीयबासी समस्यामा परेको हो । सार्वजनिक बाटो बन्द हुदा समेत जनप्रतिनिधिहरुले चासो नदेखाएको भन्दै स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छ्न । सार्वजनिक बाटो बन्द गर्दा पनि गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष र वडाध्यक्षले बाटो खोल्नेतर्फ पहल नगरे स्थानीय बासिन्दाले गुनासो गरे ।

गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डल,उपाध्यक्ष अर्चनाकुमारी यादव,वडाध्यक्ष जयश्वर किशोर दास आफैंले बाटो खोल्नु पर्नेमा अरु पक्षसित पनि छ्लफल गरी निकास निकालेका छैन, एक स्थानीयले भने, सार्वजनिक बाटो बन्द गर्न गाउँपालिकाकै एक ब्यक्ति र अर्को ब्यक्ति गर्दै बन्द गर्न थालेका छन्  । सार्वजनिक बाटो अबरुद्ध गर्ने कार्यमा जनप्रतिनिधि र उनकै आसेपासे नै भएको स्थानियको आरोप छ ।

उक्त बाटो खोलाउन स्थानीय राधे श्याम यादवले गाउँपालिकमा न्यायीक समितिमा २०७७ कार्तिक १६ गते तीन सय दस्तुर तिरेर निवेदन दर्ता गर्दा पनि हालसम्म कुनै टेरपुच्छर नलगाएर गापा पदाधिकारी मौन बसेको स्थानियले बताएका छन्। गापाका उपाध्यक्ष अर्चनाकुमारी यादवका अनुसार पुरानो मुदामा तारेक छोडेर वसेको कारण त्यो मुदा अहिले तामेलीमा रहेकोले नयाँ शिराबाट प्रकृया अगाडी बढाउनको लागी पुनः मुदा दर्ता गर्नु पर्ने बताईन । सर्वसाधारणले प्रयोग गर्ने बाटो बन्द गर्ने अधिकार कसैलाई हुँदैन, एक स्थानीयलेले भने, त्यसमाथि पनि गाउँपालिकाका र वडाध्यक्षले केही प्रतिक्रिया नदेखाउँदा यहाँका जनता हतास भइसकेको छ , जनप्रतिनिधिकै संलग्नतामा बाटो बन्द गरिनु त अझै घोर आपत्तिजनक नै हो ।

सप्तरीमा बाटो मिच्ने गरिएका घटना यस अघि पनि पटक–पटक भईसकेका छन् । कथित उपल्लो जातिकाले दलित बस्तीमा बाटो बन्द गरेका समाचार पनि पटक पटक आएकै हुन् । यस्ता कुरालाई सम्बेदनशील रुपमा लिन नसकेर हो वा बुझेर पनि बुझ पचाउने गरेका कारणले हो, बाटो बन्द गर्ने घटना हुन छाडेका छैनन् । विगतमा सानातिना विवाद हुँदा वा चित्त नबुझदा पनि सडक अबरुद्ध हुने गरेका थिए ।सर्वसाधारणले निर्बाध आवागमन गर्न पाउने अधिकारमाथि कुठाराघात गर्दै बाटो रोक्ने गरिनु न्यायोचित मान्न सकिदैन । गाउँघरमा यस प्रकारका घटना अहिले पनि भईनै रहेका कारण यस्तो सम्बेदनशील विषयमा सरोकारवालाहरुले बन्दकर्तालाई सम्झाउने तथा सार्वजनिक स्थलको महत्वका बारेमा जानकारी दिएर भविष्यमा यस्तो काम हुन नपाओस् भन्ने तर्फ चासो लिन जरुरी रहेको स्थानीयहरु बताउँछन् । बाटो हिड्न सर्वसाधारण समस्या हुदा समेत सरोकारवाला निकाय भने मौन देखिएको छ ।