• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

आन्तरिक विवादको समस्याको मारमा महावीर मावि विसहरिया

आन्तरिक विवादको समस्याको मारमा महावीर मावि विसहरिया

रामनाथ यादव
राजविराज, ४ जेठ ।
सप्तरीको राजविराज नगरपालिका १३ विसहरिया स्थित रहेको महावीर माध्यमिक विद्यालय आन्तरिक समस्याको मारमा परेको छ ।

विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन विचको मतभेदले विद्यालयका सम्पुर्ण क्रियाकलाप प्रभावित भएको हो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष किसुनदेव यादव र प्रधानाध्यापक दिलिप कुमार यादव विच चर्किएको विवादले पठनपाठन देखि पुर्वाधार विकासको कार्यमा चरम समस्या भएको स्थानीयले बताएका छन् । विद्यालयमा, भवन झयाल, ढोका, वेन्च, शैक्षिक सामग्री चरम अभाव रहेको तथा पाठयपुस्तक, छात्रवृत्ति एक वर्ष वितिसके पनि वितरण हुन नसकेको स्थानीय अभिभावक वलराम यादवले जानकारी दिए ।
विद्यालयको प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विच तालमेल नहुदा विद्यालयको शैक्षिक वातावरण धरापमा पुगेको अर्का अभिभावक श्यामसुन्दर यादवले वताए । अध्यक्ष यादव र प्रधानाध्यापक यादव विच तालमेल नहुदा समयमा पाठयपुस्तक देखि शैक्षिक सामग्री वितरण भएको छैन, उनले भने, कक्षाकोठा अव्यवस्थित रहेको कारण वालवालिकाहरुलाई जोखिमपूर्ण अवस्थामा पठनपाठन गर्नुपर्ने बाध्यता छ । कक्षा कोठामा जताततै प्वाल भएकोले सर्पले टोक्ने जोखिम उत्तिकै रहेको उनले बताए  । प्रधानाध्यापकको कक्ष, शिक्षक वैठक कोठा समेत अवेवस्थित हुँदा विधालय कुरुप भएको अभिभावकहरुले वताए । विवादले विद्यालयमा लेखापालसम्म नियुक्त गर्न नसक्दा आर्थिक कारोबारमा समस्या हुने गरेको विद्यालयले जनाएको छ ।

विद्यालयको बालविकास जिर्ण कक्षाकोठा । फोटोः न्यूज टुडे

यस विद्यालयमा माविमा स्थायी दरवन्दी एक जना ,राहत २ जना र शिक्षण सहयोगी शिक्षक १ जना रहेका छन् । यसैगरी विद्यालयमा निमावि तर्फ ४ जना र प्रावि तर्फ ४ जना , वालविकासमा २ जना र कार्यालय सहयोगी १ जना गरि जम्मा १४ जना शिक्षक, शिक्षिका तथा विद्यालय कर्मचारी रहेको विद्यालयका प्रधानाध्यापक यादवले वताए । यस्तै वालविकासमा १९ जना वालवालिका, कक्षा १ र २ मा १३ जना, कक्षा ३ मा १५ जना ,कक्षा ४ मा १० जना, कक्षा ५ मा १५ जना, कक्षा ६ मा २० जना, कक्षा ७ मा १४ जना, कक्षा ८ मा ३० जना , कक्षा ९ मा १९ जना र कक्षा १० मा ११ जना गरि जम्मा १सय ६६ जना विद्यार्थी बिहिवार हाजिर रहेको एक शिक्षकले जानकारी दिए । विद्यालयमा मसलन्द खर्च नपठाएकोले विद्यालयमा घडी समेत नभएको, शिक्षक निर्देशिका नरहेको तथा कम्प्युटर शिक्षक र नेपाली विषयको शिक्षक नरहेकोले विद्यार्थीहरुको पठनपाठनमा समस्या हुने गरेको शिक्षकहरुको दुखेसो छ ।

विद्यालयमा अध्यानरत विद्यार्थीहरु । फोटोः न्यूज टुडे

विद्यालयमा तीन पटक चोरी भएको कारण विद्यालयका कागजपत्र शिक्षकको घरमा राख्ने गरेको अभिभावक गोपाल सदाले वताए । विद्यालयमा नामको मात्रै प्रधानाध्यापक र कामकाजको लागि अर्कै शिक्षक रहेको छ, उनले भने, विद्यालयमा प्रधानाध्यापकको नाउँमा खाता पनि नरहेकोले थप समस्या छ । विद्यालयको खाता मावि राहत कपिलदेव यादव र प्रावि शिक्षक मनिन्द्र प्रसाद साहको नाउँमा संचालन रहेको विद्यालयका प्रधानाध्यापक यादवले वताए ।