• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

मावि कोईलाडीमा एनजीओको कार्यक्रमको लागि विदा, सरोकारवाला बेखबर

मावि कोईलाडीमा एनजीओको कार्यक्रमको लागि विदा, सरोकारवाला बेखबर

रामनाथ यादव
राजविराज, १ जेठ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ स्थित राजेन्द्र देवकी माध्यमिक विद्यालय कोइलाडीमा सोमवार कार्यक्रमको लागि विदा दिएको छ । एनजिओले कार्यक्रम गर्नेभएपछि विद्यालयकामा विदा दिएको हो ।

विद्यालयका प्रधानाध्यापक दिपेन्द्र झाले विद्यालयको पठनपाठनको समयमा विदा दिएको आरोप स्थानीयले लगाएका छन् । सेभ द सप्तरीले किशोर किशोरी मातृकक्षा सम्बन्धि कार्यक्रम आयोजना गरेपछि टिफिन समयमा विद्यालयमा विदा दिएको एक अभिभावकले जानकारी दिए । विद्यालयलाई नियमन गर्ने निकाय कुनै छैन, विद्यालयमै भेटिएका एक अभिभावकले भने, प्रधानाध्यापकले आफुखुशी गर्दै आएका छ ।

तिलाठी कोईलाडी गाउँपालिका ४ का दिपु मण्डलले विद्यालयमा प्रधानाध्यापक झाले मनपर्दी गर्दै आएको बताए । उनले विद्यालयमा अनावश्यक कार्यक्रम गर्दा पठनपाठन प्रभावित हुने गरेको उनले जानकारी दिए । प्रधानाध्यापक झाले टिफिन समयमै विदा दिएको स्वीकार गरेका छन् । विद्यालय समयमा विदा गरि पठनपाठन प्रभावित हुदा समेत सरोकारवाला निकाय भने बेखबर जस्तै छन् । प्रधानाध्यापक झाले मनोमानी गर्दा समेत नियमनकारी निकाय भने निरीह बनेका छन् ।

शिक्षा शाखा प्रमुख चन्द्रभूषन रायले विदा सम्बन्धि जानकारी नभएको बताए । उनले प्रधानाध्यापक झाले विदा सम्बन्धि कुनै समवन्य नगरेको बताए । गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल , प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रसाद यादव, ४ नम्बरका वडा अध्यक्ष मुनिलाल मुखियालाई समेत कुनै जानकारी नदिइ टिफिनमा विद्यालाय छुटि दिएर प्रधानाध्यापक झाले मनपर्दी गरेको उनले जानकारी दिए ।