• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

सामुदायिक विद्यालयको मनपर्दी, विद्यार्थीको नाम सच्याउने सिफारिसमा तीन सय रुपैयाँ

सामुदायिक विद्यालयको मनपर्दी, विद्यार्थीको नाम सच्याउने सिफारिसमा तीन सय रुपैयाँ

रामनाथ यादव
राजविराज, १४ बैशाख ।
सप्तरीको राजविराज नगरपालिका स्थित रहेको केशो अनिरुद्व माध्यामिक विद्यालयलाई नाम सच्चाउने सिफारिस लिदा २ सय रुपैयाँ बुझाउनु परेको एक विद्यार्थीले गुनासो गरेका छन् ।

पहिलो पटक एसइइ परिक्षा दिएका प्रवेश महतोले नाम सच्याउने सिफारिस लिदा विद्यालयलाई २ सय र राजविराज नगरपालिकालाई एक सय रुपैयाँ गरी ३ सय रुपैयाँ बुझाउनु परेको गुनासो गरेका हुन । मेहताले एसइइ परीक्षामा आप्mनो नाममा भएको त्रुटि सच्याउन सिफारिस बापत विद्यालयले २ सय रुपैयाँ तथा नगरपालिकाले १ सय रुपैयाँ लिएको बताए । एसइइ परिक्षामा नाम त्रुटि भएपछि सिफारिस लिन विद्यालय गए, विद्यालयले २ सय रुपैया लिएर सिफारिस गरिदियो, मेहताले रसिद देखाउदै भने, तर नगरपालिका शिक्षा शाखाले विद्यालयको सिफारिसको कुनै महत्व दिएन, नगरपालिकामा १ सय रुपैयाँ बुझाउनु पर्‍यो ।

सिफारिस बापत विद्यार्थी प्रवेश महतोले विद्यालयलाई बुझाएको शुल्कको रसिद । फोटोः न्यूज टुडे

मेहताले सरकारी विद्यालयहरुमा  स–सानो काममा पनि चर्को शुल्क तिर्नुपर्ने बाध्यता रहेको गुनासो गरे । उनले एउटै सिफारिसका लागि विद्यालय र नगरपालिकालाई फरक–फरक गरि दोहोरो शुल्क तिर्नुपरेको भन्दै दुखेसो पोखे । राजविराज नगरपालिकाका शिक्षा शाखा प्रमुख भोगेन्द्र प्रसाद यादवले शिक्षा शाखाबाट सेवा लिए बापत कुनैपनि सेवाग्राहीले १ सयको भौचर बुझाउनु पर्ने बताए  । विद्यार्थीको नाममा सिफारिस बापत २ सय रुपैयाँ विद्यालयले लिएको शुल्क नियम विपरीत छ, शिक्षा शाखा प्रमुख यादवले भने, विद्यालयले सिफारिस बपत लिएको २ सय ठिक होईन।

विद्यालयकाले सिफारिस बापत २ सय रुपैयाँ लिने निर्णाय अनुसार नै विद्यार्थी मेहतासंग रसिद काटेर शुल्क लिएको स्वीकार गरे । नेपाल सरकारले सामुदायिक विद्यालयहरुमा निःशुल्क शिक्षा प्रदान गर्ने उद्देश्यले शिक्षा ऐन तथा निमावली ल्याए पनि विद्यालयहरुले आफुखुशी नियम विपरीत विभिन्न बाहानामा शुल्क उठाउने गरेको अभिभावकहरु बताउँछन् ।