• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कृषि

अग्निसाईर कृष्णसवरन गाउँपालिकाका कर्मचारीहरु जुटे बगैंचा हुर्काउने कार्यमा

अग्निसाईर कृष्णसवरन गाउँपालिकाका कर्मचारीहरु जुटे बगैंचा हुर्काउने कार्यमा

न्यूज टुडे
राजविराज, १२ बैशाख ।
सप्तरीको अग्निसाईर कृष्णसवरन गाउँपालिकाका कर्मचारीहरु कार्यालय परिसारमा लगाएको बगैंचामा रोपिएको बिरुवा हुर्काउने कार्यमा जुटेका छन् ।

कार्यालय समयको उपयोग गर्दै कर्मचारीहरु बगैंचामा भएका विभिन्न प्रजातिका बोट्विरुवा हुर्काउने कार्यमा सक्रिय भएका हुन । कार्यालय समयभन्दा अगाडि आएर बगैंचामा रोपिएको बोटविरुवा र फुल गोडमेल गर्ने तथा पानी लगाउने यहा कार्यरत कर्मचारीहरुको दैनिकी बनेको छ । कार्यालय परिसरलाई स्वच्छ, सुन्दर र हरियाली बनाउने उदेश्यले गाउँपालिकाको खाली जग्गामा बगैंचा लगाएको प्रशासन प्रमुख योगेन्द्र प्रसाद यादवले बताए । कार्यालयको खाली जग्गामा झारपात पलाएर पालिकाको सौर्न्दर्यतालाई असर पारेको थियो, यादवले भने, खाली जग्गालाई बृक्षरोपन गरि स्वाच्छ, सुन्दर र हरियाली बनाउने सोचले नयाँ प्रजातिको बोटविरुवा र फुलहरु लगाएका छौं ।

सेवाग्राहीहरु नभएको खाली समयको उपयोग गरि गोडमेल गरि पानीमल लगाउने गरेका छौ । बगैंचालाई थप सुन्दर बनाउने अभियान अन्तर्गत बाटो तथा बस्ने आबश्यक सेडहरु निर्माण गर्ने लक्षय राखेको उनले बताए । बगैंचामा मलेसियन सखुवा, सुपारी, स्याउको बिरुवा र विभिन्न प्रजातिका फुलहरु लगाएको प्रशासन प्रमुख यादवले बताए । बगैंचाको बोटविरुवा गोडमेल तथा हुर्काउने कार्यमा गाउँपालिका कर्मचारीहरु उत्साहको साथ जुटेको उनले जानकारी दिए ।