• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

आधारभुत विद्यालय सडेपारको प्रधानाध्यापक मण्डलको विदाई

आधारभुत विद्यालय सडेपारको प्रधानाध्यापक मण्डलको विदाई

न्यूज टुडे
राजविराज, १२ बैशाख ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित राष्ट्रिय हरिहर हरिनारायण आधारभूत विद्यालय सडेपारका अबकाश प्राप्त प्रधानाध्यापक शिव नारायण मण्डललाई विदाई गरिएको छ ।

२०७० सालदेखि प्रधानाध्यापकको रुपमा कार्यरत मण्डलले अबकाश पाएपछि मंगलबार उनलाई विदाई गरिएको हो। मण्डलले विभिन्न विद्याहरुमा बीस वर्ष देखि प्रधानाध्यापकको रुपमा कामकाज गर्दै आएका थिए । मण्डलले अनिवार्य अवकाश पाएपछि प्रावि राहत शिक्षकको रुपमा काम गर्दै आएका अरुण कुमार यादवलाई प्रधानाध्यापकको जिम्मेवारी प्रदान गरिएको छ । कार्यक्रमम प्रधानाध्यापकको जिम्मेवारी पाएका यादवलाई विद्यालयको सम्पूर्ण कागजात सहित चाभी साचो वुझाएका छन ।

अबकाश प्राप्त प्रधानाध्यापक शिव नारायण मण्डललाई फुलमाला लगाएर विदाई गरिदै । फोटोः न्यूज टुडे

प्रधानाध्यापक यादवको विद्यालयको स्थापना कालदेखि शिक्षकको रुपमा रहेर विद्यालयको भौतिक पूर्भाधार विकासमा अहम भूमिका रहेको स्थानीय अभिभावक महनथी यादवले जानकारी दिए । कार्यक्रममा तिलाठी कोइलाडी गापा ६ स्थित राष्ट्रिय प्राथमिक विद्यालय को मधेपुराका प्रधानाध्यापक रामप्रसाद यादव, इद्रीश मंसुरी, प्रकाश कुमार मण्डल, लक्ष्मी यादव लगायतका सहभागिता रहेको थियो ।