• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

गजेन्द्रनारायण सिंह अस्पतालमा भिडियो एक्सरे र सिटिस्क्यान सेवा ठप्प, सेवाग्राही मर्कामा

गजेन्द्रनारायण सिंह अस्पतालमा भिडियो एक्सरे र सिटिस्क्यान सेवा ठप्प, सेवाग्राही मर्कामा

न्यूज टुडे
राजविराज, ०५ बैशाख ।
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको भिडियो एक्सरे र सिटिस्क्यान सेवा ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन्।

एक महिनादेखि अस्पतालको भिडियो एक्सरे र सिटिस्क्यान सेवा बन्द हुँदा अस्पतालमा आएका बिरामीहरु अस्पतालबाहिर चर्को रकम बुझाएर सेवा लिन बाध्य भएका हुन । अस्पतालमा भिडियो एक्सरे र सिटिस्क्यान सुविधा भएपनि अस्पताल प्रशासनको उदासिनताको कारण संचालनमा आउन नसेको सेवाग्राहीहरुको बताउछन् । अस्पतालमा भिडियो एक्सरे र सिटिस्क्यान मेसिन छ, तर प्रयोगमा ल्याउने जनशक्ति अभावका कारण सेवा नै बन्द छ, एक सेवाग्राहीले भने, भिडियो एक्सरे र सिटिस्क्यान सेवाका लागि अस्पतालमा एकजना रेडियोलोजिस्ट डाक्टरको दरबन्दी छ। दरबन्दीअनुसार डाक्टर नहुँदा यहाँका नागरिकले अस्पतालबाट सहज र सुलभ सेवा पाउन सकेका छैनन्।

अस्पतालमा भिडियो एक्सरे सेवा बन्द हुँदा निजी क्लिनिकमा महँगो शुल्कमा भिडियो एक्सरे गर्न बाध्य रहेको सेवाग्राही विनोद रामले बताए । आज सिटिस्क्यान गराउन आएको थिएँ, उनले भने, तर अस्पतालमा सेवा बन्द भएपछि महँगोमा बाहिरै गराउनु प¥यो।
भिडियो एक्सरे विभागका (कन्सल्टेन्ट रेडियोलोजिस्ट) डाक्टर आशिष सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत फागुन २१ गते सरुवापछि भिडियो एक्सरे र सिटिस्क्यान नै पूर्ण रूपमा बन्द भएको अस्पतालका एक कर्मचारीले बताए ।

अस्पतालमा एक मात्र रेडियोलोजिस्ट थिए त्यसलाई पनि मन्त्रालयले गत फागुन २१ गते सरुवा गरेपछि रेडियोलोजिस्टको अभावमा भिडियो एक्सरे र सिटिस्क्यान सेवा रोकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डारु. प्रकाश साहले बताए । यसबारे मन्त्रालयलाई पत्र गइसकेको छ, उनले भने, मन्त्रालयले रेडियोलोजिस्ट पठाएपछि भिडियो एक्सरे र सिटिस्क्यान सेवा पुनः सञ्चालनमा आउँछ।

अस्पताल प्रशासनको लापरबाहीका कारण गजेन्द्रनारायण सिंह अस्पतालको अतिआबश्यक सेवा ठप्प हुदा सेवाग्राहीहरु मर्कामा परेको स्थानीयहरु बताउँछन् । पछिल्लो एकबर्षदेखी अस्पतालमा उपचारसेवा खस्किदै गएका छन् ।