• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

गजेन्द्रनारायण सिंह अस्पतालको सेवाप्रति प्रदेश सभा सदस्य सिंह असन्तुष्ट

गजेन्द्रनारायण सिंह अस्पतालको सेवाप्रति प्रदेश सभा सदस्य सिंह असन्तुष्ट

न्यूज टुडे
राजबिराज, २० चैत ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित सतिश कुमार सिंहले गजेन्द्र नारायण सिँह अस्पतालको सेवाप्रति असन्तुष्टि व्यक्त गरेका छ्न ।

राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको सोमबार निरिक्षण गर्दै प्रदेश सभा सदस्य सिँहले अस्पतालको ढिलासुस्तीले सेवाग्राहीहरुले सास्ती खेपिरहेको भन्दै असन्तुष्टि जनाएको हो । अस्पताल निरीक्षण गर्दै सिंहले बिरामीलाई छिटोछरितो सेवा प्रदान गर्न अस्पताल प्रशासनलाई निर्देशन दिए । उनले अस्पतालमा आउने बिरामीले पाउने निशुल्क औषधी र समयमा ल्याव रिपोर्ट नपाएको बताए। अस्पतालमा सेवालिन आएका स्वास्थ बिमा गरेका बिरामीहरूले अस्पतालवाट निशुल्क औषधी नपाएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले बिरामीले स्लाईनका लागि पानी मात्र दिने वाहेक कुनै औषधी अस्पताल प्रशासनले उपलब्ध नगराएको जानकारी दिए ।

सिंहले अस्पतालको सरसफाइमा पनि कमि देखिएकोले सुधार गर्नुपर्नेमा जोड दिए । अस्पताल भित्र रहेका बेडहरूमा वेड सिट नै छैन, उनले भने, भएकोमा पनि वेड सिट नियमित बदलिने नगरेको भिटियो, उनले थपे, एक हप्तासम्म पनि नफेरेको साथै सरसफाई समेत गरेको छैन । ल्यावका कर्मचारीहरूको लापरवाही ब्यवहारका कारण बिरामीहरूले समयमा ल्यावको रिपार्ट नपाउदाँ बिरामीहरूले सास्ती भाग्नुपरेको निरिक्षण क्रममा बिरामीहरूले गुनासो गरेको प्रदेश सभा सदस्य सिंहले न्यूज टुडेलाई बताए ।

रेडियोलोजिस्ट नहुदाँ अस्पतालमा सिटिस्क्यान, भिडियो एक्ससरे केही दिन देखि बन्द हुदाँ सेवा लिन आएका बिरामीहरू समस्यामा परेको उनले जानकारी दिए ।
अस्पतालका कमजोरी सच्चाउन अस्पताल प्रशासनलाई निर्देशन दिदै प्रदेश सभा सदस्य सिंहले अस्पतालको स्तरोन्नति र विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। यता मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहले अस्पताल प्रशासनले बिरामीहरूलाई छिटोछरितो, सहज सेवा दिन प्रतिबद्ध रहेको तथा रेडियोलोजिष्टको लागि बिभागवाट माग गरेको बताए ।

उक्त अवसरमा प्रदेश सभा सदस्य सिंह, जनमत पार्टी नेताकार्यकर्ता, अस्पतालका कर्मचारी, संचारकर्मीहरु लगायतको सहभागिता रहेको थियोे । गजेन्द्रनारायण सिंह अस्पतालका प्रशासन र चिकित्सकहरुको मिलोमतोमा कमिसनको लोभमा निजि अस्पतालमा बिरामीलाई पठाई महंगो शुल्क तिरेर उपचार गाराउन बाध्यपार्ने गरेको सर्वसाधारणले गुनासो गर्दै आएको छ ।