न्यूज टुडे
राजविराज, २० चैत ।
सप्तरीको खडक नगरपालिका ३ स्थित रहेको स्वास्थ्य चौकी बनरझुल्लाका प्रमुख लक्ष्मी चौधरीलाई विदाई गरिएको छ ।
खडक नगरपालिका ३ का वडा अध्यक्ष देव नारायण चौधरीको अध्यक्षता तथा खडक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सोमबार आयोजित एक समारोहका विच चौधरीलाई विदाई गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले राष्ट्रसेवक कर्मचारीहरुले जनता र देशप्रति समर्पित भएर सेवाप्रदान गर्नुपर्नेमा जोड दिए ।

विदाई भएका स्वास्थ्य चौकी प्रमुखले स्वास्थ्य क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै श्रेष्ठले राष्ट्रप्रति लामो समयसम्म निस्वार्थ भावले सेवा गरेका कारण चौधरीको स–सम्मान विदाई पाएको बताए । अनिवार्य अवकाश प्राप्त स्वास्थ्य प्रमुख चौधरीले आफ्नो कार्यकालमा स्वास्थ्य चौकी बनरझुल्लाको भवन लगायतका पुर्वाधार निर्माणको कार्य सम्पन्न गरि विदाई हुनुपाउदा सन्तुष्टि मिलेको बताए । उनले आफू अबकास भएपनी स्वास्थ्य क्षेत्रको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

स्वास्थ्य चौकी बनरझुल्लाद्वारा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश परिषद सदस्य शिव नारायण साह (सुरज) धर्मिहल्फा महिला विकास क्लब सप्तरीका अध्यक्ष समाजसेवी ईन्जिनियर सुर्य नारायण यादव, जिव नारायण चौधरी लगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रमको संचालन सप्तरी अपांग संघका अध्यक्ष विरेन्द्र कुमार चौधरीले गरे । २०४५ सालमा स्वास्थ्य सेवा शुरु गरेका सातौं तहका स्वास्थ्य चौकी प्रमुख चौधरीको ३४ वर्ष पछि अनिवार्य अबकाश पाई विदाई गरिएको स्वास्थ्य चौकी बनरझुल्लाले जनाएको छ ।