• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

बागमती प्रदेश

थारु कल्याणकारी सभा सिरहाको ९ ओै जिल्ला अधिबेशनको उद्घाटनसभा सम्पन्न

थारु कल्याणकारी सभा सिरहाको ९ ओै जिल्ला अधिबेशनको उद्घाटनसभा सम्पन्न

राधा चौधरी
सिराहा, ११ चैत ।
थारु कल्याणकारी सभा सिरहाको ९ ओै जिल्ला अधिबेशनको उद्घाटन सत्र पोखरभिन्डा स्थित डोमी माबिमा शनिबार सम्पन्न भएको छ ।

थाकस अध्यक्ष सत्यनारायण चौधरीको अध्यक्षता तथा थाकस केन्द्रीय कार्यवाहक अध्यक्ष तथा महामन्त्री प्रेमीलाल चौधरीको प्रमुख अतिथिमा आयोजित एक समारोहका विच उद्वघाटन सभा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै बक्ताहरुले थारु जातिमा रहेको अनावश्यक भोजभतेर, दहलौनिया भार, गोदना प्रथा, बालविवाह, कनियौति प्रथा जस्था कुप्रथालाई अन्त गर्न २००५ सालमा थाकस गठन गरिएकोले ७४ बर्षमा चलिरहेको हुदा सबभन्दा पुरानो जेष्ठ सस्था भएको बताए । बिसंगति, भाषा, भेषभुषा, पहिचान, सँस्कृतिको जगेर्ना गर्दै स्थायीत्व कायम गराउने उदेश्यका साथ अगाडि बढदै गरेको थाकसलाई सामाजिक सुधार, शैक्षिक सुधार, साँस्कृतिक सुधार, आर्थिक अवस्था सवल बनाउने तिर अगाडि बढाउनुपर्नेमा वक्ताहरुले जोड दिए ।
कार्यक्रममा बिशिस्ट अतिथि मधेश प्रदेश सभासद राजेन्द्र प्रसाद चौधरी , बिशिस्ट अतिथि थाकस केन्द्रीय सल्लाहकार पदमनारायण चौधरी, लहान नगरपालिकाका मेयर महेश चौधरी, थारु बुद्धिजीवी दाङका सुरेन्द्र चौधरी, थारु सेवा समिति जग्गा दाता रामस्वरुप चौधरी ,थारु सेवा समिति सचिव तथा बुटवलका मुखिलाल चौधरी, थारु महिला सभा पुर्व केन्द्रीय अध्यक्ष हरिदेवी चौधरी, पुर्व केन्द्रीय सदस्य रामबती देवी चौधरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेश उपाध्यक्ष प्रिया सिंह थारु, थाकस सप्तरी अध्यक्ष शिवनारायण चौधरी, उदयपुर जिल्ला अध्यक्ष शिवकान्त चौधरी लगायतकाले शुभकामना मनतव्य व्यक्त गरे ।

यसैगरी थाकस सिरहा पुर्व अध्यक्ष अजय कुमार चौधरी , लहान नगरपालिका १२ का वडा अध्यक्ष बद्री नारायण चौधरी, नरहा गापा उपाध्यक्ष गुलाव देवी चौधरी लगायतकाले समेत मन्तव्य व्यक्त गरे । अनावश्यक भोजभतेर, दहलौनिया भार, गोदना प्रथा, बालविवाह, कनियौति प्रथा जस्था कुप्रथालाई उन्मुलन गरिसकेको थारु समाजमा अहिले दहेज प्रथा ह्वाबी हुदै गएको प्रति बक्ताहरुले चिन्ता व्यक्त गरे । थाकस सदस्य अनिता चौधरीद्वारा संचालित कार्यक्रममा व्यवस्थापक तथा लक्ष्मीपुर पतारी गापा वडा न २ को अध्यक्ष रामचन्द्र चौधरीले स्वातग गरे । कार्यक्रममा थारु लोक नाच , लोक गित, धुमरा नाच समेत प्रस्तुत गरेका छन ।