न्यूज टुडे
राजबिराज, ६ चैत ।
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजमा स्ववियु निर्वाचन मतगणना अनिश्चित भएको छ ।
मतगणना सम्बन्धमा सोमबार बसेको सर्वदलिय बैठक निष्कर्ष बिहिनहिन भएको हो । क्याम्पस प्रशासन, सुरक्षा निकाय, निर्वाचन समिति तथा विभिन्न बिधार्थीहरू बिच भएको सर्वदलिय बैठकमा मतगणना गर्ने सम्बन्धमा सहमति नहुदाँ क्याम्पस प्रशासनले मतगणना कार्य सुचारू गर्न सकेको छैन। उक्त बैठकमा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, सप्तरीका प्रहरी प्रमुख नरेन्द्र कार्की, क्याम्पस प्रमुख राजिव मिश्र, निर्वाचन अधिकृत, प्राधयापकहरू सहित बिभिन्न बिधार्थी संगठनहरूको उपस्थिति रहेको थियो ।
क्याम्पस अगाडि विभिन्न विद्यार्थी संगठनले विहाननैदेखी मतगणनागर्ने पक्षमा र विपक्षमा नाराबाजी गरिरएका छ्न । नेविसंघ, अनेरास्ववियु, जनमतका बिधार्थीहरूले निर्वाचन निष्पक्ष नभई एक पक्षलाई जिताउन षडयन्त्र भएको भन्दै असन्तुष्टि जनाउदै पुनः निर्वाचन गर्नुपर्ने माँग गरेको छ। यता निष्पक्ष, शान्तिपुर्ण रूपमा निर्वाचन सम्पन्न भएकोले अभिलम्ब मतगणना गर्नुपर्ने समाजवादी बिधार्थी युनियन÷अखिल÷लोकतान्त्रिक बिधार्थी सँघका प्रतिनिधिहरूले बैठकमा कुरा राख्दै आएको छ।
यता नेबि सँघ÷ अनेरास्ववियु÷ बिधार्थी जनमतले १ घण्टामा समय लिएर बाहिर कुरा गरेर आउने बताएको बैठकमा सहभागी एक विद्यार्थी नेताले बताए । उनले साँझ ८ बजेसम्म सहमति नजुट्दा मतगणना कार्य शुरु हुन नसकेको जानकारी दिए । क्याम्पसमा ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी टोलि खटाएको छ । आईतवार सम्पन्न निर्वाचनमा कुल १ हजार ९ सय १४ मतादाता मध्ये ८ सय २९ जनाले मतदान गरेका थिए ।