• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

विज्ञान-प्रविधि

बाटो नहुँदा विद्यालय बन्द, शिक्षक र विद्यार्थी सडकमा

बाटो नहुँदा विद्यालय बन्द, शिक्षक र विद्यार्थी सडकमा

न्यूज टुडे
राजविराज, ३ चैत ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित आधारभुत विद्यालय भलुवाको पठनपाठन बन्द भएको छ ।

विद्यालय छिर्नेबाटोको अभावले विद्यालयका पठनपाठन सहित सम्पुर्ण गतिविधि शुक्रबारदेखी ठप्प भएको हो । विद्यालय जाने बाटो हरिदेव यादवको निजि जमिन परेकाले उनले बन्द गरेपछि विद्यार्थीहरुलाई विद्यालय जान समस्या भएको विद्यालय व्यवस्थापन समितिका सदस्य श्यामदेव यादवले बताए । एक महिना अगाडि समेत जग्गाधनीले बाटो छेकेका थिए, उनले भने, विद्यालयले एकमहिना समय मागेर पुनसंचालन गरेका थियौ, सहमति अनुसार बाटोको अर्को व्यवस्था नहुदा जग्गा धनीले बाटो छेकेपछि शुक्रबारदेखि फेरि विद्यालय छिर्न बाटोको समस्या भयो ।

उनले विद्यालयको बाटो भएको जग्गामा सौचालय निर्माण भएकाले बाटो खोल्न सौचालय भत्काउन नगरपालिकासंग अनुमति माग्दा नदिएको गुनासो गरे । विद्यालय व्यवस्थापन समितिको निर्णय, वडा कार्यालयबाट सिफारिस लिएर पटकपटक नगरपालिका धाउदा समेत सुनुवाइ नगरेको बताए ।

विद्यालय जानेबाटो अबरुद्ध हुदा विद्यार्थीहरु पढाईबाट बन्चित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नितेश यादवले बताए । कक्षा ८ सम्म पढाइ हुने विधालयमा ३ सय ५० जना विद्यार्थीको पठनपाठन प्रभावित भएको उनले जानकारी दिए । विद्यालय जानेबाटो नहुदा विद्यार्थी र शिक्षकहरु सडकमै बस्न बाध्य भएको अध्यक्ष यादवले बताए ।