• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

विज्ञान-प्रविधि

मावि तेरहौताका ५० जना छात्रछात्रालाई झोला र औजार बकस वितरण

मावि तेरहौताका ५० जना छात्रछात्रालाई झोला र औजार बकस वितरण

न्यूज टुडे
राजविराज, २ चैत ।
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ मा अवस्थित लुखिया, लखिचन्द, सखिचन्द जनता माध्यमिक विद्यालयका ५० जना छात्रछात्रालाई झोला र औजार बक्स वितरण गरिएको छ ।

विद्यार्थीलाई झोला वितरण गर्दै वडा अध्यक्ष बद्री नारायण सरदार । फोटोः न्यूज टुडे

विद्यालयमा बिहिवार आयोजित एक समारोहका विच कक्षा ९ का ५० जाना छात्रछात्राहरुलाई उक्त शैक्षिक सामग्री वितरण गरिएको हो । कार्यक्रममा रुपनी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बद्री नारायण सरदार, कार्यपालिका सदस्य राम कुमारी सदा, वडा सदस्य सुर्य नारायण मेहता, वडा सचिव मनोज कुमार साह, प्रधानाध्यापक देव नारायण गोईत लगायतका शिक्षकहरुले छात्रछात्राहरुलाई १ थान झोला र १ थान औजार बक्स प्रदान गरे ।

झोला तथा औजार बक्स वितरण गर्दै वडा सचिब मनोज कुमार साह । फोटोः न्यूज टुडे

वडा अध्यक्ष सरदारको अध्यक्षमा आयोजित कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेशका महासचिव बृजमान तामाङ, वडा नम्बर ६ का वडा सचिब मनोज कुमार साह, प्रधानाध्यापक देव नारायण गोईत, शिक्षक मोहन यादव लगायतकाले मन्तव्य व्यक्त गर्दै झोला तथा औजार बस्कको उपयोग गर्न छात्रछात्राहरुलाई आग्रह गरे । बक्ताहरुले मधेश प्रदेश सरकारको शैक्षिक सामाग्री वितरण अभियानले विधालयमा विधार्थीहरुको आकर्षण बढ्नुको साथै शैक्षिक अबस्थालाईमाथि उकास्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कक्षा ९ की छात्रालाई झोला र औजार बक्स वितरण गर्दै वडा सदस्य मेहता । फोटोः न्यूज टुडे

मधेश प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोग तथा विधालयद्वारा आयोजित शैक्षिक किड्स वितरण कार्यक्रमको संचालन शिक्षक दिपेन्द्र कुमार चौधरीले गरे ।