• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

मावि बथनाहा र तोपाका छात्रछात्राहरुलाई झोला तथा औजार बक्स वितरण

मावि बथनाहा र तोपाका छात्रछात्राहरुलाई झोला तथा औजार बक्स वितरण

शिवप्रसाद आचार्य
राजविराज, १ चैत
सप्तरीको महादेवा गाउपालिका वडा नम्बर ३ स्थित रहेको श्री द्वारिका श्री लाल सातनी यादब माध्यमिक विद्यालाय बथनाहाका छात्रछात्राहरुलाई झोला तथा औजार बक्स वितरण गरिएको छ । विद्यालयमा बुधबार आयोजित एक कार्यक्रमका बिच छात्रछात्राहरुलाई झोला तथा जोमेक्ट्रीक बकस (शैक्षिक कीट) बितरण गरिएको हो ।

मधेश प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयको शिक्षा बिकास निर्देशनलाय जनकपुरले बिद्यार्थीहरु लाई विद्यालय आउदा जादा पुस्तकहरु सुरक्षित होस र विद्यालयमा विद्यार्थीलाइ सहज उपस्थितिका लागि शैक्षिक कीट अन्तरगत उक्त सामाग्री बितरण गरिएको विद्यालयका प्रधानाध्यापक युद्व नारायण यादवले बताए । विद्यालयमा सम्पन्न बिधालय झोला बितरण कार्यक्रममा महादेवा गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रामकुमार यादबले विद्यालयको कक्षा ९ मा अधययनरत १ सय ९ जना विद्यार्थीलाई उक्त शैक्षिक सामाग्री बितरण गरिएको बिधालयका शिक्षक बिनोद चौधरीले जानकारी दिए ।

यसैगरी तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ८ स्थित जनता मावि तोपाका छात्रछात्रा समेतलाई झोला तथा औजार बक्स वितरण गरिएको छ । मधेश प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा कक्षा ९ का १ सय ४५ जनालाई उक्त सामाग्री वितरण गरिएको विद्यालयका लेखापाल बब्लु कुमार मण्डलले जानकारी दिए । कार्यक्रममा तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सत्य नारायण यादव, विद्यालय व्यवस्थापन समितिका निबर्तमान अध्यक्ष राधेश्याम यादव, पुर्व अध्यक्ष जगदिश मण्डल, प्रधानाध्यापक रमेश कुमार झालगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । सोही अवसरमा अबकाशप्राप्त शिक्षक हरेराम मण्डललाई विदाई तथा कक्षा १० का विधार्थीहरुलाई समेत विदाई गरिएको थियोे ।