• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

विज्ञान-प्रविधि

माध्यमिक विद्यालय वभनागामाकट्टीका १ सय ४३ जना छात्रछात्रालाई झोला र औजार बक्स वितरण

माध्यमिक विद्यालय वभनागामाकट्टीका १ सय ४३ जना छात्रछात्रालाई झोला र औजार बक्स वितरण

रामनाथ यादव
राजविराज, ३० फागुन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित लक्ष्मी वल्लभ नर्सिङ माध्यमिक विद्यालय वभनगामाकट्टीका कक्षा ९ मा अध्यनरत छात्रछात्राहरुलाई झोला र औजार बकस वितरण गरिएको छ । मधेश प्रदेश समाजिक विकास मन्त्रालय जनकपुरधामको सहयोगमा मंगलबार एक कार्यक्रमका विच १ सय ४३ जना छात्रछात्राहरुलाई झोला र औजार वक्स वितरण गरिएको हो ।

कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, विद्यालयका प्रधानाध्यापक विपिन झा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अभय कुमार सिंह, शिक्षक विनोद कुमार झा, भरत विश्वकर्मा, अरहुल कुमारी साह,लेखापाल नित्यानन्द प्रसाद सिंहले कक्षा ९ का १ सय ४३ जना विद्यार्थीहरुलाई १– १ थानको दरले झोला र औजार बकस वितरण गरे ।

गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा अध्यक्ष मण्डल ,प्रधानाध्यापक झा लगायतकाले मन्तव्य व्यक्त गरे ।