न्यूज टुडे
राजविराज, २९ फागुन ।
श्री नर बहादुर थापा जनता माध्यमिक विद्यालय पकरी गोठ सोनराको अभिभावक भेला सप्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षता तथा महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डलको प्रमुख आतिथ्यमा आयोजित एक समारोहका बिच सोमवार अभिभावक भेला सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष मण्डलले विद्यार्थीको पठन पाठनमा गुणस्तर बढाउनमा आफनो सहयोग रहने बताए । उनले विद्यालयका भौतिक संरचना निर्माणसंगै शिक्षकको दरबन्दी अनुसार पद पुर्ति गरेर शैक्षिक सुधार गरेर विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विधालय प्रशासनसंग आग्रह गरे। कार्यक्रममा उपाध्यक्ष अर्चना कुमारी यादवले छात्रालाई उच्च शिक्षा प्रदान गरेर आत्मनिर्भर बनाउनमा अभिभावकसंग आग्रह गरिन । मधेसमा महिलाहरु दाइजोको कारण मृत्युवरण गर्नु परेकोले उनीहरुलाई रोजगारी सहितको शिक्षामा जोड दिईन । कार्यक्रममा महादेवा गापाका १ का वडाध्यक्ष जयश्वर किशोर दास, लोसपाका युवा नेता सुरेन्द्र प्रसाद यादव, उपेन्द्र प्रसाद मण्डल,बासुदेव यादव,कृष्णदेव मण्डल, शिवनारायण राम, बीरेन्द्र गौईत, शशीकुमार यादव, राम नारायण सरदार, मो.डोमन, हरिनारायण यादव, ललित यादव, दिलिप यादव लगायतले विद्यालयमा गर्नु पर्ने कामको बारेमा आ आफनो विचार ब्यक्त गरे ।
भेलामा विद्यालयका प्रधानाध्यापक नागेन्द्र प्रसाद सिंहले आ.व. २०७९÷०८०को आय १ करोड ३६ लाख ६६ हजार ३४ रुपैयाा ८४ पैसा र ब्यय ४ लाख ९६ हजार ५ सय ५१ रुपैयाँ ६१ पैसा भएको जानकारी दिए । कार्यक्रममा कक्षा ९ का १ सय आठ जना विधार्थीलाई झोला, ज्यामिट्री बक्स वितरण गरिएको थियो ।