• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

विज्ञान-प्रविधि

संस्कृति ज्ञान परिक्षा २०७९ मा मावि मौवाहाका छात्र मण्डल प्रथम

संस्कृति ज्ञान परिक्षा २०७९ मा मावि मौवाहाका छात्र मण्डल प्रथम

न्यूज टुडे
राजविराज, २७ फागुन ।
हिन्दु स्वयंसेवक संघ नेपाल सप्तरीद्वारा राजविराजमा शनिबार आयोजित स्वामी विवेकान्द संस्कृति ज्ञान परिक्षा २०७९ मा रमेश कुमार मण्डल प्रथम भएको छ ।

सप्तरीको बलानविहुल गाउँपालिकाको राजश्री माध्यमिक विधालय मौवाहाका छात्र साहले ८ सय ५५ जना सहभागीलाई उछिन्दै प्रथम स्थान हासिल गरेको हो । उनले ७ हजार नगद र प्रमाणपत्रसहित प्रथम पुरस्कार प्राप्त गरे । यसैगरी दुर्गा सेकेण्ड्री स्कुल राजविराजका छात्र श्रेयस मिश्राले द्वितीय स्थान हाँसिल गरे । उनले नगद ५ हजार र प्रमाण प्राप्त गरे ।
यस्तै भसराज माध्यमिक विधालय कल्याणपुरका छात्र भरत कुमार मण्डलले तृतीय पुरस्कर प्राप्त गरे । उनले नगद ३ हजारसहित प्रमाणपत्र हाँसिल गरे । बालबालिकाहरुलाई देशप्रती राष्ट्रिय भावाना जगाउने र सनातन संस्कृतिलाई जगेर्ना गर्न ज्ञान दिने उदेश्यले आयोजित परिक्षामा जिल्ला भरीका ५० वटा विधालयका ८ सय ५५ जना छात्रछात्राहरुको सहभागी रहेको आयोजकले जनाएको छ ।

सनातन संस्कृति र देशको राष्ट्रियता बारे सोधिएको लिखित परिक्षामा २३ जनाले सतप्रतिशत नम्बर ल्याएका थिए । २३ जना मध्येबाट गोलाप्रथाद्वारा प्रथम, द्वितीय र तृतीय घोषित गरेको र २० जनालाई सान्त्वना पुरस्कार प्रदान गरिएको दिन्दु स्वयंसेवक संघ नेपालका सगरमाथा सचिब लोकेन्द्र झाले जानकारी दिए । सान्त्वना पुरुस्कार प्राप्त गर्ने सहभागी छात्रछात्राहरुलाई स्टेशनरी र प्रमाणपत्र प्रदान गरिएको उनले जानकारी दिए ।

हिन्दु स्वयंसेवक संघ नेपाल सप्तरीका अध्यक्ष भोगेन्द्र झाको अध्यक्षता तथा सप्तरी उधोग वाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवालको प्रमुख आतिथ्यमा आयोजित एक समारोहका विच कार्यक्रमका प्रमुख वक्ता देवश झा, विराट नगर सचिव रतन कुमार चौधरी, जनकपुर सम्बाहक अशोक शर्मा लगायतकाले उत्कृष्ट स्थान ल्याउने छात्रछात्राहरुलाई पुरस्कार वितरण गरेका थिए ।