• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

मावि नकटीरायपुरमा कम्प्युटर शिक्षाको पढाई हुन थालेपछि छात्रछात्राहरु उत्साहित

मावि नकटीरायपुरमा कम्प्युटर शिक्षाको पढाई हुन थालेपछि छात्रछात्राहरु उत्साहित

रामनाथ यादव
राजविराज, २५ फागुन ।
सप्तरीको रुपनी गाउँपालिका १ स्थित रहेको कन्छु नर प्रताप माध्यमिक विद्यालय नकटी रायपुरमा कम्प्युटर शिक्षाको पढाई हुन थालेपछि छात्रछात्राहरु उत्साहित भएका छ्न । अतिरिक्त खर्च विना कम्प्युटर शिक्षा विद्यालयमै लिन पाउने भएपछि उनिहरु उत्साहित भएका हुन ।

प्रधानाध्यापक परशुराम यादवले कक्षा ६ देखि ८ कक्षासम्म प्राविधिक विषयमा कम्प्युटर शिक्षा पढाउन शुरु गरेको बताए । कम्प्युटर शिक्षाले छात्रछात्राहरुमा विशेष ज्ञान प्राप्त हुनुको साथै उपस्थिति पनि वृद्धि भएको उनले जानकारी दिए । कम्प्युटर शिक्षा लागू गरेदेखि ठूलो संख्यामा विधार्थी भर्ना भएका छ्न, उनले भने, संस्थागत विद्यालयमा पढाई हुने अंग्रेजी माध्यम र कम्प्युटर शिक्षा लिने अवसर पाएपछि विद्यार्थीहरु उत्साहित भएका छन । ३२ वटा कम्प्युटर प्रयोगशाला राखिएको तथा वालवालिकाहरुले प्रत्येक दिन पढाई र प्रयोगको माध्यमबाट कम्प्युटर शिक्षा लिने गरेको उनले जानकारी दिए  ।

कितावी ज्ञान मात्रैले हुदैन बाहिरी ज्ञान र सीपले वालवालिकाहरुमा पढाईको क्षमता वृद्धि विकास हुने उनले विश्वास व्यक्त गरे । बिगत चार वर्ष देखि प्राविधिक विषयको रुपमा कम्प्युटर शिक्षा अनिवार्य लागू गरिएको बताउदै प्रधानाध्यापक यादवले कम्प्युटर विषयको एक जना विज्ञ शिक्षक निजी स्रोतमा दिपेन्द्र कुमार यादवलाई नियुक्त गरि संचालन गरेको जानकारी दिए । सरकारले कम्प्युटर विषयको शिक्षकको दरवन्दी नगरिए पनि विद्यालयले निजी स्रोतवाट शिक्षक राखेर भएपनि पठनपाठन गराउदै आएका उनले बताए ।

कक्षा १२ सम्म पठनपाठन हुने उक्त विद्यालयमा एक हजार एक सय अठहत्तर जना छात्रछात्रा अध्यनरत रहेको प्रधानाध्यापक यादवले जानकारी दिए । विद्यालयले पाठयक्र्म अनुसार कम्प्युटर शिक्षाको विषय राखिएकोले शैक्षिक गुणस्तरमा वृद्धि र विशेष ज्ञान एवम् सीपले वालवालिकाहरुको मनोवल वढदै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गानन्द ठाकुरले वताए । कम्प्युटरको प्रयोग हरेक क्षेत्रमा रहेको छ, उनले भने, प्राविधिको विकासले गर्दा कम्प्युटर सर्वसाधारणसम्म अनिवार्य जस्तै भएको छ ।

यसको प्रयोगवाट नयाँ घटना, सूचनाहरु संकलन गर्न तथा महत्त्वपूर्ण कामहरु छिटोछरितो रुपमा सम्पन्न गर्न सहज भएको अध्यक्ष ठाकुरले बताए । विद्यालयमा कम्प्युटर शिक्षाको पढाइ शुरु गरेपछि कम्प्युटर सम्बन्धि धेरै कुरा सिक्ने अबसर मिलेको विद्यार्थीहरु बताउछन् । सरकारले सामुदायिक विद्यालयमा निशुल्क कम्प्युटर शिक्षा पाठ्यक्रममा राखिएको छ यद्यपि सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयका विद्यार्थीहरु कम्प्युटर शिक्षामा अगाडि रहेको देखिन्छ ।