• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

बागमती प्रदेश

तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर २ मा व्यक्तिगत घटना दर्ता निःशुल्क

तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर २ मा व्यक्तिगत घटना दर्ता निःशुल्क

न्यूज टुडे
राजविराज, ०२ साउन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँमा जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्तासहितका व्यक्तिगत घटना दर्ता सेवा निःशुल्क गरिएको छ । वडा अध्यक्ष कमल कुमार मण्डलको निर्देशनमा ब्यक्तिगत घटना दर्ता सेवा निःशुल्क गरिएको हो ।

निर्वाचित भएपछि पदभार गरेका दिन वडा अध्यक्ष मण्डलले ब्यक्तिगत घटना दर्ता निःशुल्क गर्ने प्रतिबद्धता गरे अनुसार निशुल्क सेवा प्रदान गरिएको खरिदार शशी कुमार मण्डलले बताए । नागरिकता सिफारिस, जन्म बसोबास सिफारिस, जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्तासहितका व्यक्तिगत घटना दर्ताको कार्यमा निःशुल्क सेवा प्रदान गरिएको वडा अध्यक्ष मण्डलले जानकारी दिए ।

यसअघि व्यक्तिगत घटना दर्तासहितका सेवा लिएबापत सेवाग्राहीहरुले २ देखि ३ सयसम्म शुल्क बुझाउने गरेका थिए ।