न्यूज टुडे
राजविराज, २० असार ।
राजबिराजमा संचालित महेन्द्र नारायण निधि प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि सप्तरीले हात पारेको छ । सोमबार सम्पन्न फाईनल खेलमा सप्तरीले सिरहालाई ६ बिकेटले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।
टस जितेर सिरहाले निर्धारित १५ ओभरको खेलमा सबै बिकेट गुमाई ९१ रन को योगफल खडा गरेका थिए । जसमा रूपेश सिँहले २६ रन, दिपेश दासले २० र अफरूद्दिनले १२ रन बनाउँदै अविजित रहेका थिए ।
बलिंगतर्फ सप्तरीका महबुव आलम र राहुल मण्डलले किफायती बलिंग गर्दै ३÷३ बिकेट र बिकास दास २ तथा र रोहित सिँह र राज बर्माले १÷१ बिकेट हात पारेका थिए । जवाफमा सप्तरीले १० ओभर ३ बलमा ४ बिकेट गुमाएर उपाधिमाथि कब्जा जमाएको थिए ।
जसमा रोहन बिक सर्वाधिक ३१ रन, राहुल मण्डलले २१ र महबुव आलमले १६ रन खेल्दै दुबै खेलाडी अविजित रहेपछि जित सहज भएको थियो भने आशिष झाले पनि १० रन बनाएका थिए ।
बलिंगतर्फ सिरहाका कुश मण्डल, रूपेश सिँह, अजरूद्विन र फतेह सिद्विकीले समान १÷१ बिकेट हात पारे ।
फाईनल खेलको म्यान अफ दि म्याच महबुव आलम घोषित भएका थिए ।
उक्त प्रतियोगितामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कुमार यादब, नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष रोशन सिंह, प्रदेश अध्यक्ष हिरा भगत, उपाध्यक्ष सुनिल महासेठ, प्रदेश सचिव आयुष श्रेष्ठलगायतले बिजेता, उपबिजेता टिमका खालडीहरुलाई शिल्ड, कप, मेडेल, प्रमाण–पत्र प्रदान गरेका थिए ।
उक्त प्रतियोगिता म्यान अफ दि सिरिज सप्तरी का रोहित सिँह, बेस्ट ब्याटस म्यान सिरहाका राकेश कामैत, बेस्ट बलर पर्साका नसरूद्विन अन्सारी घोषित भएको सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादबले जानकारी दिएका छन् । प्रतियोगितामा मधेश प्रदेश अन्तर्गत ८ जिल्ला का टिमहरूको सहभागिता रहेको थियो ।उक्त अवसरमा बिजेता सप्तरी क्रिकेट टिमलाई ५० हजार नगद र उपबिजेता सिरहा टिमलाई ३० नगद पुरस्कार समेत प्रदान गरिएकाे प्रदेश क्रिकेट सँघका सचिव आयुष श्रेष्ठ ले जानकारी दिएका छन।