• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

राजबिराज नपा २ मा जेष्ठ नागरिक तदर्थ समिति गठन

न्यूज टुडे
राजबिराज, १८ फागुन ।
राजबिराज नगरपालिका वडा २ मा जेष्ठ नागरिक तदर्थ समिति गठन गरेको छ । शनिबार राजबिराज वडा २ स्थित राप्रावि राजदेबी प्रागणमा पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवको अध्यक्षतामा बसेको बैठक ले तदर्थ समिति गठन गरिएको हो ।

जेष्ठ नागरिक सत्य नारायण देवको अध्यक्षतामा ११ सदस्यिय तदर्थ समिति गठन गरेका छन् । गठित समितिको उपाध्यक्षमा रामदेव यादब, सचिवमा रामदेव यादब (वन), भरतलाल देव, कोषाध्यक्षमा देवराम यादबलाई चयन गरिएको छ ।

त्यस्तै तदर्थ समितिको सदस्यमा प्रबोध नारायण सिँह, रामशंकर गोईत, जय नारायण देव, उग्र प्रसाद देव, बिन्दु प्रसाद देव, श्रीप्रसाद देव रहेको तदर्थ समितिका अध्यक्ष सत्य नारायण देवले जानकारी दिए ।

उक्त तर्दथ समितिले केही दिन मै वडाको सम्पूर्ण जेष्ठ नागरिकहरूको बृहत् भेला गरी वडा समितिलाई पूर्णता दिने बताईएको छ ।