• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

महादेवामा अंकुरी महादेव मन्दिर परिसरमा पार्वतीको मूर्ती स्थापना

महादेवामा अंकुरी महादेव मन्दिर परिसरमा पार्वतीको मूर्ती स्थापना

रामनाथ यादव
राजविराज, १६ फागुन ।
सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर २ स्थित अंकुरी महादेव मन्दिर परिसरभित्र नवनिर्मित मन्दिरमा पार्वतीको मूर्ति स्थापना गरिएको छ । मन्दिर समितिका अध्यक्ष भोगेन्द्र राउतको अध्यक्षतामा सोमबार आयोजित एक कार्यक्रमका बीच पार्वतीको मूर्ति स्थापना गरिएको हो ।

महादेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादव र तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिस सिंह र मन्दिरका पुजारी गोपाल गिरी बाबाले संयुक्त रुपमा मुर्ति स्थापना गरेका थिए । कार्यक्रममा जसपा जिल्ला कार्यकारिणी समिति सदस्य दिप नारायण यादव, जसपा नेता शशी कुमार यादव, महादेवा गाउँपालिकाका वडा नम्बर ६ का अध्यक्ष उमेश कुमार यादव, स्थानीय दानालाल यादव, जिबछ मण्डल, सूर्य नारायण अधिकारी लगायतका शुभकामना मन्तव्य व्यक्त गरे ।

महाशिवरात्रीको पूर्व संन्ध्यामा नवनिर्मित मन्दिरमा पार्वतीको मूर्ति स्थापना गरिएको स्थानीय महेन्द्र कुमार अधिकारीले जानकारी दिए । यस अघि श्रदालु भक्तजनहरुले कलश यात्रा निकालेर मन्दिर परिसर भित्र भजनकिर्तन समेत गरेका थिए ।