• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

सप्तरीमा भब्यताको साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाईने, पत्रकार देवको संयोजकत्वमा समिति गठन

सप्तरीमा भब्यताको साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाईने, पत्रकार देवको संयोजकत्वमा समिति गठन

न्यूज टुडे
राजविराज, १६ फागुन ।
सप्तरीमा भब्यताको साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाउने तयारी गरिएको छ । राजविराज स्थित शिवमन्दिर प्राङ्गणमा सोमबार बसेको मानव अधिकार रक्षक सप्तरीको बैठकले आगामी फागुन २४ गते ११२औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउने निर्णय गरेको हो ।

सप्तरीमा सक्रिय महिलाहरुको संगठनहरुको भेलाले पत्रकार महासंघ सप्तरीका पूर्व उपाध्यक्ष समेत रहेकी सुधा देवको संयोजकत्वमा १५ सदस्य तयारी समिति समेत गठन गरेको छ । उक्त बैठले संयोजक देव, सुस्मा गुप्ता, ललिता कर्ण, प्रिया सिंह थारु र हित नारायणलाल दास रहेको ५ सदस्यीय सचिवालय समेत गठन गरेको जनाएको छ ।