• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

बहिरा तथा सुस्त मनस्थिति भएका छात्रछात्रालाई कपडा ब्यागसहित शैक्षिक सामाग्री वितरण

बहिरा तथा सुस्त मनस्थिति भएका छात्रछात्रालाई कपडा ब्यागसहित शैक्षिक सामाग्री वितरण

न्यूज टुडे
राजविराज, १५ फागुन ।
सप्तरीको खडक नगरपालिका वडा नम्बर ३ स्थित रहेको जनहित पवन राष्ट्रिय प्रथामिक विद्यालय बनरझुल्लाका बहिरा तथा सुस्त मनिस्थिति भएका छात्रछात्राहरुलाई ब्याग, कपडा र शैक्षिक सामाग्री वितरण गरिएको छ । श्रीपुर्राज गैरसरकारी संस्था कुसहाको सहयोगमा उक्त सामाग्री वितरण गरिएको हो ।

जनहित राष्ट्रिय प्रथामिक विद्यालयका छात्रछात्रालाई ब्याग, कपडा शैक्षिक सामाग्री वितरण गरिदै । फोटो ः न्यूज टुडे

विद्यालयमा अध्यानरत २३ जना छात्रछात्रालाई जनही १ थान ब्याग, १ दर्जन कपि, पेन्सिल, कपडा लगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो । कार्यक्रममा संस्थाद्वारा सहयोग प्राप्त गरिव, बिपन्न र जेहेन्दार १ सय ७६ जाना बालबालिकाहरुलाई विद्यालय पोशाक समेत वितरण गरिएको विद्यालयले जनाएको छ ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुर्य नारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालयलाई आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउने आधा दर्जन ब्यक्तिहरुलाई सम्मान–पत्र, गम्छाबाट सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा शिक्षा विकास तथा समवन्य कार्यालय सप्तरीका शिक्षा समवन्य अधिकारी विजय कुमार मण्डल, धर्मिहल्फा महिला विकास क्लब सप्तरीका अध्यक्ष समाजसेवी ईन्जिनियर सुर्य नारायण यादव, खडक नगरपालिका वडा नम्बर ३ का अध्यक्ष गमकलाल चौधरी, खडक नगरपालिका शिक्षा शाखा निवर्तमान प्रमुख देवन प्रसाद चौधरी, श्रीपुराजका टिम लिडर विनोदानन्द चौधरी रहेका छन् ।

विद्यालयका संस्थापक दाता विरेन्द्र कुमार चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक रुकमिणी चौधरीले गरेकी थिईन् भने कार्यक्रमको उद्देश्य तथा विद्यालयको समस्या र चुनौतीबारे प्रधानाध्यापक देव नारायण मण्डलले प्रकाश पारे ।