• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

रामपुर कृषि सहकारी संस्थाको चौथो बार्षिक साधारणसभा सम्पन्न

रामपुर कृषि सहकारी संस्थाको चौथो बार्षिक साधारणसभा सम्पन्न

न्यूज टुडे
राजविराज, १५ फागुन ।
सप्तरीको सुरुङ्गा नगरपालिका ११ मा अबस्थित रामपुर कृषि सहकारी संस्था लिमिटेड रामपुरको चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शिवशंकर चौधरीको अध्यक्षता तथा सुरुङ्गा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष गया प्रसाद चौधरीको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक समारोहका बीच साधारणसभा सम्पन्न भएको हो ।

रामपुर कृषि सहकारी संस्थाको चौथो अधिबेशनमा मञ्चासिन प्रमुख अतिथिसहित अतिथिगणहरु । फोटो ः न्यूज टुडे

साधारणसभामा प्रमुख अतिथि वडा अध्यक्ष चौधरी, नागेन्द्र प्रसाद चौधरी, चुलाही चौधरी, रेखा चौधरी, विना चौधरी, धनिलाल साह लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । साधारणसभामा संस्थाको कोषाध्यक्ष विबेक कुमार चौधरीद्वारा प्रस्तुत आर्थिक बर्ष २०७७÷०७८ को १९ लाख ४ हजार १ सय १ रुपैयाँको आयब्यय सर्वसम्मत पारित गरिएको थियो ।

संस्थाका शेयर सदस्य चिन्ता चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत जितेन्द्र प्रसाद चौधरीले गरे ।