• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजविराजमा होली महोत्सव हुने

न्यूज टुडे
राजविराज, १३ फागुन ।
सप्तरीको राजविराजमा होली महोत्सब हुने भएको छ । राजविराज कला संस्कृति संरक्षण विकास मञ्चको आयोजनामा होली महोत्सव हुने भएको हो ।

राजविराज नगरपालिकाको सहकार्यमा जिल्लास्तरीय होली महोत्सव हुने मञ्चका अध्यक्ष रामकुमार यादवले बताए । होली पर्वको पौराणिक गाथाका विषयवस्तु, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) मिथिलाञ्चलमा लोप हुने अवस्थामा रहेको बेलामा त्यसको संरक्षण गर्न राजविराजमा यस वर्षदेखि राजविराज कला संस्कृति संरक्षण विकास मञ्चले होली महोत्सव गर्न लागिएको यादवले बताए ।

चैत्र २ गते डम्फा तथा होली गायन प्रतियोगिता हुने आयोजकले जनाएको छ ।