• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

प्रजिअ गौतम नेतृत्वको टोलीद्वारा मतदान केन्द्रहरुको स्थलगत निरीक्षण

प्रजिअ गौतम नेतृत्वको टोलीद्वारा मतदान केन्द्रहरुको स्थलगत निरीक्षण

न्यूज टुडे
राजविराज, १३ फागुन ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम नेतृत्वको टोलीले शुक्रबार सप्तरीका बिभिन्न निर्वाचन केन्द्रहरुको स्थलगत निरीक्षण गरेका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रस्तावित मतदान केन्द्रको प्रजिअ गौतम नेतृत्वको जिल्लास्तरीय टोलीले निरीक्षण गरेका हुन् ।

निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सु–सम्पन्न गराउने उद्देश्यले राजविराज नगरपालिका र तिलाठी कोईलाडी गाउँपालिका आन्तर्गतका मतदान केन्द्रको निरीक्षण गरेको टोलीमा आबद्ध एक सदस्यले बताए । उक्त टोलीले मतादान केन्द्रको स्थलगत अनुगमन तथा विधार्थीहरुसँग अन्तरक्रिया समेत गरेको जनाएको छ ।

टोलीमा सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्ले, सशस्त्र प्रहरी गण नम्बर ६ राजविराजका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खड्का, जिल्ला निर्वाचन कार्यालय सप्तरीका जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीलगायतका रहेका थिए ।

अन्तरक्रिया कार्यक्रममा सहभागी छात्रछात्राहरु । फोटो ः न्यूज टुडे

सरकारले बैशाख ९ गते उम्मेदवारी दर्ता १५ गते अन्तिम नामावली प्रकाशन ३० गते मतदानको समय तोकेको छ । निर्वाचनको स्थानीय प्रशासन, निर्वाचन कार्यालय तथा दलहरु लगायतले आ–आफ्नो स्थानबाट तयारीलाई तिब्रता दिएका छन् ।