• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

जिल्ला संगठन विस्तार तथा चुनावी तयारी तदर्थ समिति गठन

जिल्ला संगठन विस्तार तथा चुनावी तयारी तदर्थ समिति गठन

न्यूज टुडे
राजविराज, ११ फागुन ।
नेपाल लोकतान्त्रिक पार्टी र थरुहट थारुवान राष्ट्रिय अभियानले संगठन विस्तार तथा चुनावी माहौल तयारी जिल्ला तदर्थ समिति सप्तरी गठन गरेको छ । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका २ सितापुरमा बुधबार नेपाल लोकतान्त्रिक पार्टी र थरुहट थारुवान राष्ट्रिय अभियानको संयुक्त भेलाले जिल्लास्तरीय समिति गठन गरेको हो ।

लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य विनोद कुमार चौधरीको अध्यक्षतामा आयोजित भेलाले जयनारायण चौधरी संयोजकत्वमा २८ सदस्य जिल्ला तदर्थ समिति गठन गरेको जनाएको छ । गठित समितिको सचिवमा विजय कुमार चौधरी, कोषाध्यक्षमा लिलिया थारु चयन भएका छन् ।

यसैगरी समितिको सदस्यहरुमा दिपेश कुमार चौधरी, नवीन चौधरी, मनोज चौधरी, संतोष चौधरी, अशोक चौधरी, हितेन्द्र चौधरी, फुलेश्वर चौधरी, अशोक चौधरी, अमृत कुमार चौधरी, दिपेन्द्र कुमार चौधरी, राजोग चौधरी, रामभोल चौधरी र सामान्त चौधरी रहेका छन् ।

भेलाले जिल्ला पार्टी कार्यालय राजविराजमा राख्ने समेत निर्णय भएको जनाएको छ ।