न्यूज टुडे
राजविराज, १० फागुन ।
जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवले जसपा उत्पीडित जाती समुदाय र वर्गको मुक्ति गर्ने अभिभारा बोकेर स्थापना भएको पार्टी रहेको बताएका छ्न । जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समितिद्वारा सप्तरीको खडक नपा ७ स्थित कल्याणपुरमा मंगलबार आयोजित निर्वाचन सम्बन्धि कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताए हुन् ।

कार्यक्रममा बोल्दै यादवले जनता समाजवादी पार्टी देशका सम्पूर्ण उत्पीडित, अपेक्षित, विभेद र भेदभावमा परिएको बर्ग समुदायको पक्षमा लड्ने पार्टी भएको बताए । जसपासँग देशका बहुसंख्यक जनताले ठूलो आशा र भरोसा राखेको छ, यादवले भने, जसपा उत्पीडित समुदायको मुक्ति र अधिकार सम्पन्न गराउने ठूलो अविभारासहित स्थापना भएको छ, उनले थपे, जनताको आशा र भरोसालाई सार्थक पार्न हामीलाई ठूलो जिम्मेवारी भएकाले एकताबद्ध हुनु जरुरी छ ।

यादवले जसपा फुट्छ भन्ने कुरा प्रचार मात्र भएको बताए । उनले जसपा फुट्छ भनेर लागेकाहरुले दिवासपना मात्र देखेको बताए । यादवले स्थानीय चुनावमा बिबादरहित उम्मेदवार छनौट गर्नुपर्नेमा जोड दिए । मधेस प्रदेश सरकारका प्रबक्ता एवम् अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले मधेशसहित बिभिन्न पहिचानको आन्दोलनबाट प्राप्त उपलब्धि रक्षाको लागि सरकारको नेतृत्व फेरी पनि जसपाले लिनु आबश्यक रहेको बताए ।

मधेश सरकारले गरेका चार बर्षे कार्यकालको उपलब्धिबारे चर्चा गर्दै मन्त्री साहले जनताको ठूलो त्याग बलिदानी र संघर्षबाट प्राप्त उपलब्धिको रक्षा र थप अधिकार प्राप्तिका लागि मधेश प्रदेशमा जसपाको सरकार हुनु नितान्त आबश्यक रहेको बताए । पार्टी भित्र आन्तरिक स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ, मन्त्री साहले भने, पार्टीभित्रको अन्तरसंघर्षबाट बिचलित हुनु हुँदैन, आगामी चुनावमा समेत जसपालाई ठूलो पार्टीको रुपमा खडा गरेर मधेश सरकार बनाउने उद्देश्यका साथ चुनावी तयारीमा एकताबद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिए ।

जनता समाजवादी पार्टी मधेश प्रदेश समितिका उपाध्यक्ष शम्भु झाको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य एवम् प्रदेश सभा सदस्य बिदेश्वर यादव किक्की, जसपा मधेस प्रदेश समितिका मुख्य सचिव दिनेश कुमार यादव, जसपा जिल्ला समवन्य समिति सप्तरीका अध्यक्ष केदार प्रसाद यादवलगायतले शुभकामना मनतब्य व्यक्त गरे ।

जसपा मधेश प्रदेश समितिका सचिव युसुफ अलिद्वारा संचालित कार्यक्रममा स्वागत रुपनी गाउँपालिकाकी उपाध्यक्ष बेचनी देवि सरदारले गरिन् । कार्यक्रममा प्रदेश सदस्यहरु, जिल्ला पदाधिकारी तथा कार्यकारिणी समिति सदस्यहरु, सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ र ४ अन्तर्गतका बिभिन्न पालिकाका प्रमुख उप–प्रमुखहरु, गत चुनावका प्रत्यासी प्रमुख÷ उप–प्रमुखहरु र पार्टीका स्थानीय तहका अध्यक्षहरुको उपस्थित रहेको थियो ।
