न्यूज टुडे
राजविराज, १० फागुन ।
नेपाल आदिबासी जनजाति महासंघ सप्तरीको चौथो अधिबेशन चैत ५ गते हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङको अध्यक्षतामा मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो ।

नेपाल आदिवासी जनजाति महासंघ सप्तरीको कार्यालय कठौनामा बसेको बैठकले आउँदो चैत ५ गते शनिबारको दिन अधिबेशन गर्ने निर्णय भएको महासंघका सचिव खेमराज सिंह दनुवारले जानकारी दिए । बैठकले नेपाल आदिवासी जनजाति महासंघसंग आबद्ध सप्तरीका जातीय संगठनहरुबाट दुई जाना महिला अनिबार्य सहित २ जना प्रतिनिधि र २ जना प्रबेक्षक गरी चार जनालाई बोलाउने निर्णय समेत भएको उनले जानकारी दिए ।
नेपाल आदिबासी जनजाति महासंघ सप्तरीमा थारु, धानुक, मगर, तामाङ, दनुवार, राई, नेवार, भुजेल गरी ८ जातीय संगठन आबद्ध रहेका छन् । यस्तै महिला, युवा, पत्रकार, बिद्यार्थीलगायतका सम्बन्धन प्राप्त संगठनहरु समेत क्रियाशिल रहेको जनाएको छ ।